असार २२, २०८३ सोमबार July 6, 2026

नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा

नुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

दमक (झापा), २२ असारः जिल्लामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा आएका छन् ।

नेपाल शैक्षिक परामर्श व्यवसायी सङ्घ (इक्यान) झापाले जिल्लामा झन्डै २०० वटा शैक्षिक परामर्श संस्था नियमविपरीत सञ्चालन हँुदै आएको दाबी गरेको छ । इक्यानको परामर्शमा इलाका प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानमा अनुगमन गरी कानुनअनुसार दर्ता नभएका शैक्षिक परामर्श दाता संस्थाको कागजात जफत गरी कारबाहीको दायरामा ल्याइएको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले कोशी प्रदेश सरकारमा जिल्लाका १८८ शैक्षिक संस्था नियमानुसार दर्ता भएका छन् । तर, झन्डै आधाले दर्ता अनुमतिबिनानै भाषा अध्यापनका लागि शैक्षिक परामर्श कक्षाहरु सञ्चालन गरेका भेट्टिएकाले कानुनको दायरमा ल्याउनुपरेको जानकारी दिनुभयो ।

दमकमा करिब ९०, विर्तामोडमा १२५ शैक्षिक परामर्श दाता संस्था छन् । दमकमा सञ्चालित परामर्श दाता संस्थामध्ये ३२ वटाले दर्ता अनुमति लिएका छन् । भाषा अध्यापन गराउने शैक्षिक परामर्श दाता संस्थाले विद्यार्थीसँग मोटो रकम असुल गरी आएको गुनासो आएपछि प्रशासनले अनुगमन तीव्र बनाएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान
२०८३ असार २२, सोमबार
अन्ततः आमिर खानले गरे ६१ बर्षमा तेस्रो बिबाह, अघिल्ला दुई बिबाहका बारेमा जान्नुहोस्
२०८३ असार २२, सोमबार
संबिधान संसोधनको नाममा संघीयतामा छेडखानी नगरियोस्ः श्रम संस्कृति पार्टी
२०८३ असार २२, सोमबार
‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै
२०८३ असार २२, सोमबार
कैलालीमा हिट एण्ड रन घटनामा भारतीय नागरिक पक्राउ
२०८३ असार २२, सोमबार
नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
२०८३ असार २२, सोमबार
इङ्ल्यान्डलाई ७ विकेटले हराउँदै अस्ट्रेलियाले जित्यो सातौँ टी-२० विश्वकप
२०८३ असार २२, सोमबार