श्रावण ३१, २०८३ आइतबार August 16, 2026

‘हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

कार्यक्रमले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मध्यविन्दु(नवलपरासी), २२ असार : नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ स्कुलमा कक्षा ३ मा अध्ययनरत सिम्रन पाठकको व्यवहारमा पछिल्लो समय उल्लेखनीय परिवर्तन आएको छ ।

केही वर्षअघिसम्म मोबाइलमा धेरै समय बिताउने, साना–साना कुरामा रिसाउने, अभिभावकसँग जिद्दी गर्ने र पढाइमा खासै रुचि नदेखाउने सिम्रन अहिले नम्र, अनुशासित र जिम्मेवार बनेकी छन् ।“पहिले घरमा झगडा गर्ने, काममा नसघाउने र धेरै जिद्दी गर्ने गर्थें”,उहाँ भन्नुहुन्छ ,“अहिले परिवार, साथी, पढाइ र समयको महत्व बुझेकी छु । यो सबै मैले ‘हाम्रो खुसी’ कक्षाबाट सिकेकी हुँ ।”

सिम्रनको परिवर्तन व्यक्तिगत अनुभव मात्र नभई गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत मध्यविन्दु नगरपालिकाले सञ्चालन गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावको एउटा उदाहरण हो ।

गण्डकी प्रदेश सरकारको रु. ७५ लाख र मध्यविन्दु नगरपालिकाको रु. ४१ लाख साझेदारी लगानीमा सञ्चालन गरिएको यो कार्यक्रम हाल नगरभित्रका ६६सामुदायिक तथा संस्थागत विद्यालयमा कार्यान्वयनमा रहेको छ ।

कक्षा १ देखि ८ सम्म लागू गरिएको पाठ्यक्रमले विद्यार्थीलाई पाठ्यपुस्तकमा आधारित ज्ञानसँगै जीवन उपयोगी सीप, नैतिक मूल्य, भावनात्मक सन्तुलन, सामाजिक उत्तरदायित्व, सकारात्मक सोच र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्य राखेको छ ।

नवजागरण नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक हरि देवकोटाका अनुसार कार्यक्रमले विद्यार्थीको व्यवहारमा सकारात्मक परिवर्तन देखिन थालेको छ । “पहिले विद्यार्थीको सिकाइ कक्षाकोठाभित्र मात्र सीमित थियो”, उहाँले भन्नु भयो, “अहिले उनीहरू परिवार, समुदाय र सामाजिक उत्तरदायित्वसँग जोडिन थालेका छन् । सिकेका कुरा व्यवहारमा उतार्न थालेपछि विद्यालयको वातावरणसमेत सकारात्मक बन्दै गएको छ ।”

मध्यविन्दु –७ की अभिभावक लक्ष्मी न्यौपानेले पनि आफ्नो छोरिमा सकारात्मक परिवर्तन आएको बताउनु भयो । “पहिले विद्यालयबाट आएपछि मोबाइलमै झुण्डिन्थीन”, उहाँले भन्नु भयो,“अहिले घरका काममा सघाउँने, ठूलाबडाको सम्मान गर्ने र जिम्मेवार बन्दै गएको देखेको छु ।” विद्यार्थीसँगै अभिभावकलाई पनि कार्यक्रमसँग जोड्ने उद्देश्यले यस वर्ष एक हजारभन्दा बढी अभिभावकलाई ‘हाम्रो खुसी’ सम्बन्धी प्रशिक्षण प्रदान गरिएको नगर प्रमुख भीमलाल अधिकारीले बताउनु भयो । “हामीले विद्यालयमा मात्र सीमित नभई समुदायमै सकारात्मक सोच र संस्कारको वातावरण निर्माण गर्ने प्रयास गरेका छौं”,उहाँले भन्नु भयो, “विद्यार्थी, शिक्षक र अभिभावकबीच साझा बुझाइ विकास हुँदा यसको प्रभाव अझ प्रभावकारी देखिएको छ ।”

‘हाम्रो खुसी’ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका कारण मध्यविन्दु नगरपालिका अहिले अन्य स्थानीय तहका लागि सिकाइ केन्द्रका रूपमा समेत स्थापित हुन थालेको छ । यसै शैक्षिक सत्रदेखि स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पनि यो पाठ्यक्रम लागू गरेको छ । विद्यालय, परिवार र समुदायलाई एकै सूत्रमा जोड्दै विद्यार्थीको व्यवहार, सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित सञ्चालन गरिएको ‘हाम्रो खुसी’ कार्यक्रमलाई स्थानीय तहमा शिक्षा क्षेत्रमा गरिएको नवप्रवर्तनात्मक अभ्यासका रूपमा हेरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार