श्रावण ३१, २०८३ आइतबार August 16, 2026

मेरिङ्देनमा ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’

उत्कृष्ट बगैँचा निर्माण गर्ने तीन विद्यालयलाई गाउँपालिकाले पुरस्कृत गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ २५ असारः ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाले उत्कृष्ट बगैँचा निर्माण गर्ने तीन विद्यालयलाई पुरस्कृत गर्ने भएको छ । ‘एक विद्यालय, एक बगैँचा कार्यक्रम’ लागू गरेको गाउँपालिकाले पालिकाभित्रका ३६ वटा सामुदायिक विद्यालयमध्ये उत्कृष्ट तीन विद्यालय छनोट गरी पुरस्कार प्रदान गर्न लागेको हो ।

उक्त कार्यक्रमअन्तर्गत सिंहदेवी आधारभूत विद्यालय, मेरिङ्देन–२, सान्थाक्रा प्रथम भएको छ । यस्तै, चण्डीडाँडा आधारभूत विद्यालय, मेरिङ्देन–४, लिङ्तेप द्वितीय र पृथ्वी माध्यमिक विद्यालय, खाम्लुङ तृतीय भएको छ ।

छनोट भएका विद्यालयलाई क्रमशः रु ५० हजार, रु ३० हजार र रु २० हजार बराबरको पुरस्कार प्रदान गरिने गाउँपालिकाले जनाएको छ । उक्त पुरस्कार रकम सम्बन्धित विद्यालयको खातामा कर कट्टी गरी पठाइनेछ ।

विद्यालय परिसरलाई आकर्षक, स्वच्छ र हरियाली बनाउने उद्देश्यले गाउँपालिकाले उक्त कार्यक्रम सञ्चालन गरेको अध्यक्ष यूक हा विर हाँगाम् (डम्बर) ले जानकारी दिनुभयो । गाउँपालिकाले गठन गरेको मूल्याङ्कन समितिले कार्यविधिमा उल्लेख गरिएका सूचकाङ्कका आधारमा विद्यालयको अनुगमन तथा मूल्याङ्कन गरी अङ्क प्रदान गरेको थियो । उक्त कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार