असोज १२, २०८३ सोमबार September 28, 2026

आईपीएलः दिल्ली क्यापिटल्सद्धारा राजस्थानलाई ४६ रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः दिल्ली क्यापिटल्सले आफ्नो विजय यात्रा कायमै राख्ने क्रममा शुक्रबार इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयल्सलाई ४६ रनले पराजित गरेको छ । आफूले खेलेका ६ मध्ये पाँचौं खेलमा विजय हात पार्दै दिल्ली अंकतालिकाको शीर्षस्थानमा उक्लेको छ ।

टस हारेपछि ब्याटिङमा आएको दिल्लीले शारजहाँ क्रिकेट रंगशालाको पिच र मैदानअनुसार १८४–८ को औसत स्कोरमात्र बनाउन सकेको थियो । राजस्थानलाई १९.४ ओभरमा १ सय ३८ रनमा अलआउट गरेर दिल्लीले अर्को जित हात पारेको हो ।

कागिसो राबाडाले ३.४ ओभरमा ३५ रन खर्चेर ३ विकेट लिए । रविचन्द्रन अश्विन र मार्कस स्टोइनिसले २–२ तथा एनरिच नोर्टजे, हर्सल पटेल र अक्षर पटेलले १–१ विकेट लिए ।

राजस्थानका राहुल टेवाटियाले ३८, यशस्वी जैसवालले ३४, कप्तान स्टिभ स्मिथले २४ र जोस बटलरले १३ रन बनाए । यसअघि दिल्लीबाट सिमरन हेटमायरले २४ बलमा १ चौका र ५ छक्कासहित ४५, स्टोइनिसले ३० बलमा ४ छक्कासहित ३९, कप्तान श्रेयस ऐरले २२, पृथ्वी शले २०, अक्षरले १७ र हर्सलले १६ रन बनाएका थिए ।

राजस्थानका जोफ्रा आर्चरले ३ तथा कार्तिक त्यागी, एन्ड्रयु टेइ र टेवाटियाले १–१ विकेट लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
२०८३ असोज १२, सोमबार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार