काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) का आधिकारिक मान्यता प्राप्त नगरेका कलेजमा नेपाली विद्यार्थीलाई अध्ययनका लागि पठाई ठगी गरेको आरोपमा नेपाल प्रहरीले नौ जना शैक्षिक परामर्श (कन्सल्टेन्सी) सञ्चालकलाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यूएईको उच्च शिक्षा मन्त्रालयअन्तर्गतको कमिसन फर एकेडेमिक एक्रिडिटेसन (CAA) बाट मान्यता नपाएका शैक्षिक संस्थामा विद्यार्थी भर्ना गराएर पछि फ्रान्स, अष्ट्रेलियालगायतका विकसित मुलुकका विश्वविद्यालयमा सहज रूपमा ‘क्रेडिट ट्रान्सफर’ गर्न सकिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम असुलेको आरोपमा उनीहरूलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार ती कन्सल्टेन्सीहरूले यूएईका मान्यता प्राप्त नभएका कलेजलाई अन्तर्राष्ट्रिय स्तरको शैक्षिक संस्था भएको दाबी गर्दै विद्यार्थी र अभिभावकलाई भ्रममा पारेका थिए। अध्ययन सुरु गरेपछि सम्बन्धित कलेजको शैक्षिक मान्यता नभएको थाहा पाएपछि विद्यार्थीको भविष्य अन्योलमा परेको र उनीहरूले आर्थिक तथा शैक्षिक दुवै प्रकारको क्षति व्यहोर्नुपरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार पक्राउ परेकामाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गतको ठगी कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान अघि बढाइएको छ। उनीहरूलाई बिहीबार पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सीआईबीले विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई कुनै पनि शैक्षिक संस्थामा भर्ना हुनुअघि सम्बन्धित देशको आधिकारिक निकायबाट कलेज वा विश्वविद्यालयको मान्यता, पाठ्यक्रम, क्रेडिट ट्रान्सफरको व्यवस्था तथा कन्सल्टेन्सीको वैधानिकता राम्रोसँग बुझ्न आग्रह गरेको छ।
प्रहरीले यस प्रकारका ठगीका घटनामा अन्य व्यक्ति वा कन्सल्टेन्सीको समेत संलग्नता हुन सक्ने आशंकामा अनुसन्धानलाई थप विस्तार गरेको जनाएको छ। साथै, आफू पनि यस्तै ठगीको शिकार भएको भए नजिकको प्रहरी कार्यालय वा सीआईबीमा सम्पर्क गरी उजुरी दिनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ।
पक्राउ परेकाहरूको विवरण
स्थायी ठेगाना : गोकर्णेश्वर नगरपालिका–८, माकलबारी, काठमाडौँ
हाल : काठमाडौँ महानगरपालिका–३०, डिल्लीबजार
संस्था : Eduport Pvt. Ltd. का सञ्चालक
२. राजेश भण्डारी (३७ वर्ष)
स्थायी ठेगाना : पोखरा महानगरपालिका–२५, हेम्जा, कास्की
हाल : काठमाडौँ महानगरपालिका–३०, डिल्लीबजार
संस्था : Eduport Pvt. Ltd. का सञ्चालक
३. सन्तोष खतिवडा (३७ वर्ष)
स्थायी ठेगाना : सिमरा उपमहानगरपालिका–७, बारा
हाल : काठमाडौँ महानगरपालिका–३०, डिल्लीबजार
संस्था : Eduport Pvt. Ltd. का सञ्चालक
४. चिन्टु श्रेष्ठ (सोनी श्रेष्ठ)
स्थायी ठेगाना : काठमाडौँ महानगरपालिका–७, चाबहिल
हाल : काठमाडौँ महानगरपालिका–२८, पुतलीसडक
संस्था : Westford Education Pvt. Ltd. का सञ्चालक
५. सुरेन्द्र महर्जन (३८ वर्ष)
स्थायी ठेगाना : ललितपुर महानगरपालिका–२८, पाक्साटोल
हाल : काठमाडौँ महानगरपालिका–१०, बानेश्वर
संस्था : Prop Aviation Pvt. Ltd. का सञ्चालक
६. दिवस पोखरेल (३५ वर्ष)
स्थायी ठेगाना : लालबन्दी नगरपालिका–४, सर्लाही
हाल : काठमाडौँ महानगरपालिका–१०, बानेश्वर
संस्था : Prop Aviation Pvt. Ltd. का सञ्चालक
७. मनित आचार्य (२६ वर्ष)
स्थायी ठेगाना : लाहान नगरपालिका–६, सिरहा
हाल : काठमाडौँ महानगरपालिका–१०, बानेश्वर
संस्था : Prop Aviation Pvt. Ltd. का सञ्चालक
८. शेखर पाण्डे (३९ वर्ष)
स्थायी ठेगाना : पाख्रीवास नगरपालिका–१, धनकुटा
हाल : काठमाडौँ महानगरपालिका–१०, बानेश्वर
संस्था : Prop Aviation Pvt. Ltd. का सञ्चालक
९. विशाल चापागाई (२७ वर्ष)
स्थायी ठेगाना : इटहरी उपमहानगरपालिका–४, सुनसरी
हाल : काठमाडौँ महानगरपालिका–१३, कालिमाटी
संस्था : Aspire Global Pvt. Ltd. का सञ्चालक
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया