श्रावण १२, २०८१ शनिबार July 27, 2024

नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा लोकतान्त्रिक समुहका चतुर बहादुर चन्द बिजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द ४४ मतका साथ बिजयी भएका छन् । शनिबार सम्पन्न क्यानको चुनावमा विनयराज पाण्डेको समुहलाई २९ मतले पराजित गर्दै विजयी भएका हुन् ।

यसैगरी क्यानको उपाध्यक्षमा राजुबाबु श्रेष्ठले ४१, सचिवमा अशोक प्याकुरेलले ४२ कोषध्यक्षमा रोशनबहादुर सिंहले ४५ मत प्राप्त विजयी भएका छन् ।

यसैगरी बिजयी हुने सदस्यहरूमा कैलाश विष्ट, अमितवीर पाण्डे, दुर्गाराज पाठक, वीरेन्द्र चन्द, माधवकुमार कर्माचार्य, सञ्जय सिंह, करन मल्हत्रा क्षेत्री, विक्रम विष्ट, ऋषि गौतम, जयन्ती भट्ट, पदमबहादुर खड्का, दाउद अन्सारी रहेका छन् ।

१७ सदस्यीय पदका लागि शनिवार सम्पन्न भएको निर्वाचनमा सत्तारूढ गठबन्धनलाइ पराजित गर्दै लोकतान्त्रिक समुहका चन्दको पुरै प्यानल विजयी भएको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खार्मीमा अस्थायी प्रहरी चौकी स्थापना
२०८१ श्रावण ११, शुक्रबार
मीरा तामाङको तीजको कोसेली धमाका मच्चाउँछु सार्वजनिक (भिडियो हेर्नुहोस्)
२०८१ श्रावण ११, शुक्रबार
हिल्टन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार
रेशमलाई लुम्बिनीमा धक्का, संसदीय दलको नेता परिवर्तनलाई प्रदेश सभाले मानेन
२०८१ श्रावण ११, शुक्रबार
देशको कमजोर शिक्षा नीतिले साम्राज्यवादी देशलाई मद्दत पुगिरहेको छ : नारायणमान बिजुक्छे
२०८१ श्रावण ११, शुक्रबार
आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
२०८१ श्रावण ११, शुक्रबार
मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ओली
२०८१ श्रावण ११, शुक्रबार