काठमाडौंः प्रतिबन्धित नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेकपासहितका २१ राजनीतिक सङ्गठनहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गर्ने घोषणा गरेका छन् ।
नेकपा, मसाल, नेकपा क्रान्तिकारी माओवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माओवादी केन्द्र, वैज्ञानिक समाजवादी पार्टीसहितका दल र संस्था गरी विभिन्न २१ वटा संगठनले सरकारविरुद्ध आन्दोलन घोषणा गरेका हुन् ।
यसमा विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय जागरण मञ्च पनि सहभागी छ । २१ राजनीतिक संगठनको बैठकले असोज २९ गते दिउँसो १ बजे माइतीघर मण्डलामा सरकार विरुद्ध ‘सशक्त’ प्रदर्शन गर्ने निर्णय गरेको छ ।
एमसीसीको खारेजी, भारतले अतिक्रमण गरेको भूमि फिर्ता, कोभिड -१९ मा भ्रष्टाचार र सरकारको गैरजिम्मेवारीलाई उनीहरुले आन्दोलनको मुख्य एजेण्डा बनाएका छन ।
कोभिडको निःशुल्क उपचार, भोकमरीबाट पीडित जनताका लागि खाद्यान्न, अविलम्ब रोजगारीको व्यवस्था, बलात्कार र हत्याजस्ता अपराधको नियन्त्रण र अपराधीमाथि कारवाही हुनुपर्ने उनीहरुको माग छ ।
केपी ओली नेतृत्वको वर्तमान सरकारले राष्ट्रघात र जनघात गरेको तथा ओली सरकारविरुद्ध जनतामा आक्रोश बढेको उनीहरुको ठम्याई छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया