हेटौडा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरगढी गाउँपालिका–७ सुकौरा न्यौपानेटार बस्ने ६८ वर्षीय सिताराम नेपाललाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । सितारामले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
कैलाली, ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा भजनी नगरपालिका-७ हिक्मतपुर बस्ने २८ वर्षीय सुनिल डगौरालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुनिलले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया