मंग्सिर ३, २०८३ बिहिबार November 19, 2026

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

अमेरिका र छिमेकी इरानको परस्पर विरोधी प्रभावबीच सन्तुलन कायम गर्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

एजेन्सी । इराकले प्रधानमन्त्री अली अल-जैदीको अमेरिका भ्रमणका क्रममा अमेरिकी कम्पनीहरूसँग ४८ वटा सम्झौता तथा साझेदारीमा हस्ताक्षर गरेको छ । तीमध्ये अधिकांश सम्झौता तेल क्षेत्रसँग सम्बन्धित रहेको प्रधानमन्त्रीको कार्यालयले शनिबार जनाएको छ ।

तेल स्रोतमा धनी भए पनि इराक दशकौँ लामो युद्ध र राजनीतिक अस्थिरताबाट प्रभावित हुँदै आएको छ । कमजोर पूर्वाधार, सार्वजनिक सेवाको अभाव, व्यवस्थापकीय कमजोरी र भ्रष्टाचारका कारण देशको आर्थिक सुधार चुनौतीपूर्ण बनेको छ ।

मध्यपूर्वमा जारी द्वन्द्वका कारण तेल निर्यात प्रभावित भई राजस्वमा कमी आएपछि इराकले तत्काल आर्थिक सुधारका उपाय अघि बढाउनुपर्ने अवस्था रहेको छ ।

“इराक र संयुक्त राज्य अमेरिकाका सार्वजनिक तथा निजी क्षेत्रका निकायबीच ४८ वटा सम्झौता, समझदारी पत्र, सहयोग सम्झौता र साझेदारीसम्बन्धी घोषणा भएका छन्”, प्रधानमन्त्रीको सञ्चार कार्यालयले जनाएको छ ।

Iraq's Basra Oil Company President Bassem Abdul Karim Nasr (L) and Syrian Petroleum Company CEO Youssef Qablawi (R) sign a memorandum of understanding to rebuild and restart the Kirkuk-Baniyas crude oil pipeline as U.S. Energy Secretary Chris Wright looks on in the background during the U.S.-Iraq Business Summit in Washington, D.C., on July 17, 2026. (Photo via @IraqiPMO)सम्झौतामा इराकका तेल तथा विद्युत् मन्त्रालय र अमेरिकी कम्पनीहरू एक्सनमोबिल, केबीआर, जीई भेर्नोभा, शेल र हलिबर्टनबीचको सहकार्य तथा साझेदारी समावेश छन् ।

यसैगरी, इराक र सिरियाबीच कच्चा तेल ढुवानीका लागि मुख्य पाइपलाइन निर्माणसम्बन्धी केही सम्झौता पनि भएका छन् । इराकले स्याटेलाइट सञ्चार सेवा प्रदायक  स्टारलिङ्कसँग देशमा सेवा सञ्चालन गर्ने सम्झौता गरेको जनाएको छ ।

मङ्गलबार ह्वाइट हाउसमा भएको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जैदीको प्रशंसा गर्दै उनलाई ‘च्याम्पियन’ को सङ्ज्ञा दिएका थिए ।

व्यवसायी पृष्ठभूमिका जैदी अर्का उम्मेदवारलाई ट्रम्पले अस्वीकार गरेपछि यसै वर्ष अमेरिकी समर्थनमा सत्तामा आएका हुन् । उनले इराकको कमजोर अर्थतन्त्र सुधार गर्ने तथा अमेरिकी प्रतिष्ठानमाथि आक्रमण गर्दै आएका इरान समर्थित सशस्त्र समूहलाई निशस्त्र पार्ने प्रतिबद्धता जनाएका छन् ।

इराकले लामो समयदेखि आफ्ना प्रमुख सहयोगी अमेरिका र छिमेकी इरानको परस्पर विरोधी प्रभावबीच सन्तुलन कायम गर्दै आएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारतीय राष्ट्रपतिसमक्ष नेपाली राजदूत पाण्डेले बुझाए ओहोदाको प्रमाणपत्र
२०८३ मंग्सिर ३, बिहिबार
रूपन्देही लगायत लुम्बिनीका १० जिल्ला कुष्ठरोगको जोखिममा
२०८३ मंग्सिर ३, बिहिबार
चीन, अमेरिका र रुसद्वारा ‘शान्ति घोषणापत्र’ जारी
२०८३ मंग्सिर ३, बिहिबार
एनसेलको थ्रीजी युग अन्त्य हुँदै, पुस २ देखि फोरजीमा केन्द्रित सेवा
२०८३ मंग्सिर ३, बिहिबार
परराष्ट्रमन्त्री खनालसँग चिनियाँ राजदूत चाङको शिष्टाचार भेटवार्ता
२०८३ मंग्सिर ३, बिहिबार
निर्वाचनको हारबाट पाठ सिकेर अघि बढ्नुपर्छ: वरिष्ठ नेता भण्डारी
२०८३ मंग्सिर ३, बिहिबार
New generation diplomacy should be based on national interest, strategic capability: Foreign Minister Khanal
२०८३ मंग्सिर ३, बिहिबार