काठमााडौंः नेपाली काँग्रेसले डा. बाबुराम भट्टराइको भनाइप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार एक विज्ञप्ती जारी गर्दै ९ अर्ब बाँडिचुँडि खाएको प्रमाण देखाउन चुनौती दिएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका नेता भट्टराइले केहि दिनअघि गोरखामा आयोजित एक कार्यक्रममा बोल्दै बुढीगण्डकीमा बहालवाला प्रधानमन्त्री केपी शर्मा ओली सहित सहित पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाएका थिए ।
त्यसको प्रमाण दिन समेत आफू तयार रहेको उनले बताएका थिए । सोहि अभिब्याक्तिलाइ लिएर काँग्रेसले भट्टराइलाइ चेतावनी दिएको हो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया