असोज ३, २०८३ शनिबार September 19, 2026

विदेशबाट देउवाको चेतावनी : सरकार अलोकतान्त्रिक बाटोमा जान सक्छ

न्यायपालिका र संवैधानिक निकायमाथि दबाब परेको देउवाको आरोप

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्कन लागेको जानकारी दिँदै वर्तमान सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने आशंका व्यक्त गरेका छन् ।

केही महिनादेखि स्वास्थ्य उपचारका सिलसिलामा परिवारसहित विदेशमा रहेका देउवाले एक सन्देश जारी गर्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई आफूले नजिकबाट नियालिरहेको बताएका छन् ।

देउवाले सरकारले प्रतिपक्षप्रति प्रतिशोधको राजनीति अघि बढाउँदै स्वतन्त्र न्यायपालिका र संवैधानिक संस्थाहरूमाथि दबाब सिर्जना गरेको आरोप लगाएका छन् ।

विशेषगरी न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी नियन्त्रणमा राखी प्रतिपक्षलाई आतंकित पार्ने औजार बनाउन खोजिएको उनको दाबी छ ।

राज्यशक्तिको दुरुपयोग, राजनीतिक पूर्वाग्रहका आधारमा हुने दमन र मनोवैज्ञानिक त्रास सिर्जना गरेर प्रतिपक्षलाई दबाउने प्रवृत्ति कुनै पनि लोकतान्त्रिक समाजका लागि स्वीकार्य नहुने उनले स्पष्ट पारेका छन् ।

आफ्नो सन्देशमा देउवाले भनेका छन्, ‘…यही विश्वासका साथ म नेपाली भूमिमा पुनः पाइला टेक्दै छु । सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमा पूर्ण आस्था र समर्पण भाव राख्दछु ।’

विगत ६ दशकभन्दा लामो राजनीतिक यात्रामा अनेकौं निरंकुशता र लोकतन्त्रविरोधी शक्तिविरुद्ध संघर्ष गरेको स्मरण गर्दै उनले अहिले देशलाई विभाजन र प्रतिशोध नभई एकता र सहकार्य चाहिएको उल्लेख गरेका छन् ।

जननायक बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीति अहिले झन् सान्दर्भिक भएको बताउँदै देउवाले प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माणमा लाग्न सबै राजनीतिक शक्ति, नागरिक समाज र युवा पुस्तालाई हार्दिक आग्रह समेत गरेका छन् ।

 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘संविधान जारी गर्दा खुसीभन्दा मधेसमा गोली चलेको पीडाले बढी दुःखी थिएँ’ : पूर्वराष्ट्रपति रामबरण यादव
२०८३ असोज ३, शनिबार
जलवायु क्षतिको क्षतिपूर्तिलाई अधिकारका रूपमा सुनिश्चित गर्नुपर्नेमा जोड
२०८३ असोज ३, शनिबार
एसियाली खेलकुदमा सहभागी हुने नेपाली क्रिकेट टोलीको बिदाइ
२०८३ असोज ३, शनिबार
संविधानद्वारा सुशासन र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न मार्गनिर्देश : मुख्यमन्त्री पाण्डे
२०८३ असोज ३, शनिबार
एमाले केन्द्रीय कमिटी बैठकअघि पुनर्गठन कार्यदल र सचिवालयको बैठक बस्ने
२०८३ असोज ३, शनिबार
नेपालको संविधान-शान्ति र सहकार्यको साझा दस्तावेज : एकराज पाठक
२०८३ असोज ३, शनिबार
ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा
२०८३ असोज ३, शनिबार