काठमाण्डाैंः भारतमा कोरोना महामारीका कारण सिनेमा हलहरु बन्द छन् । अब भने १५ अक्टोबरबाट हलहरु खुल्ने भएका छन् । जसमा लकडाउनपछि सिनेमाघरमा पहिलोपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जीवनमा आधारित फिल्म ‘पीएम नरेन्द्र मोदी’ रिलिज हुने भएको छ । गतवर्ष नै रिलिज भइसकेको यो फिल्म एकपटक पुनः रिलिज हुन लागेको हो ।
फिल्म गत वर्षको मे २४ मा रिलिज भएको थियो । फिल्मले त्यती राम्रो प्रतिक्रिया पाएको थिएन । फिल्मलाई ओमंग कुमारले निर्देशन गरेका छन् ।
बाल्यकालदेखि प्रधानमन्त्री बन्नेसम्मको यात्रा भएकाले विवेक ओबरायलाई फिल्ममा फरक फरक नौ भूमिकामा देख्न सकिनेछ । – एजेन्सी ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया