बैसाख १७, २०८३ बिहिबार April 30, 2026

कोरोना सम्बन्धि ट्रम्पको अर्को भ्रामक ट्वीट, ट्वीटरले गर्यो हाईड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कोरोना भाइरसलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि भ्रामक ट्वीट गरेका छन् । ट्रम्पले आफूलाई अब कोरोना भाइरसको संक्रमण नहुने अर्थात आफू इम्यून भएको दाबीसहित ट्वीट गरेका हुन् ।

ट्वीटरले ट्रम्पको सो ट्वीट भ्रामक भएको भन्दै हाइड गरेको छ । कोरोना भाइरसबाट संक्रमित भइ उपचार गराइरहेका ट्रम्पको नेगेटिभ रिपोर्ट आएको जानकारी छैन । तर डाक्टरले उनीबाट अब संक्रमण अरुमा नफैलिने बताएका थिए ।

त्यसपछि ट्रम्पले ट्वीट गरेर आफू इम्यून भएकाले अब संक्रमण नहुने र अरुलाई पनि नसर्ने उल्लेख गरेका थिए । सो ट्वीट भ्रामक रहेको भन्दै ट्वीटरले लुकाउको (हाईड) गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया