श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मुख्यमन्त्री शाहीको मुद्दालाई लिएर नेकपा अध्यक्ष प्रचण्ड तनाबमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कर्णालीको मुद्दालाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तनाबमा परेका छन् । अध्यक्ष दाहालले यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग वार्तालाप गरेका छन ।

अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड आज बिहान बालुवाटार पुगेका थिए । भेटका क्रममा कर्णाली प्रदेशमा पार्टीकै सांसदबाट दलमा दर्ता गरिएको अविश्वासको प्रस्तावबारेमा प्रधानमन्त्री ओलीलाई अध्यक्ष प्रचण्डले जिज्ञासा राखेको उनको सचिवालयले जानकारी गराएको छ ।

कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा संसदीय दलको नेताबाट हटाउन नेकपा संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सो विषयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपाका अध्यक्ष केपी शर्मा ओली तथा वरिष्ठ नेता माधवकुमार नेपालसँग आज छुट्टाछुट्टै भेटवार्ता गरेका छन ।

मन्त्रिपरिषद पुनर्गठनको विषयमा पार्टीभित्र छलफल भइरहेकैबेला अकस्मात अविश्वासको प्रस्ताव आउनु पार्टी स्पिरिटअनुसार नभएको भन्दै त्यसलाई रोक्न अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग आग्रह गरेको अध्यक्ष प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताएका छन् ।

सापकोटाका अनुसार पार्टीको स्थायी कमिटी बैठकले दिएको जिम्मेवारी र म्यान्डेटअनुसार पार्टीभित्र छलफल जारी रहेकाले तत्काल अविश्वास प्रस्ताव आउनु पार्टीहितमा नरहेको अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई भनेका थिए । मुख्यमन्त्री शाही तत्कालीन माओवादी पार्टीको नेता हुन् ।

यस विषयमा थप जानकारी लिन प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापालाई सम्पर्क गर्दा उनी आफू ‘होम रेष्ट’मा भएकाले त्यसबारे जानकारी नभएको बताए । उनलाई केहीदिन अघि कोरोना संक्रमण भएको थियो । पछिल्लो रिपोर्टअनुसार उनी कोरोना संक्रमणमुक्त भएको बताईएको छ ।

सोहीअनुसार अध्यक्ष प्रचण्डले आजै वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि छलफल गरेका छन । नेता नेपालका प्रमुख स्वकीय सचिव मोहन गौतमका अनुसार दुई नेताबीच खुमलटारमा छलफल भए पनि के विषयमा छलफल भएकोबारे जानकारी नगराइएको बताए ।

अध्यक्ष प्रचण्डको सचिवालयलका अनुसार भेटमा अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपाललाई पनि अविश्वासको प्रस्ताव रोक्न आग्रह गरेको हो । मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव आएपछि त्यसको असर सिधै नेकपा केन्द्रमा परेको छ ।

अध्यक्षद्वयबीच पछिल्लो केही समयदेखि सचिवालय बैठकको कार्यसूचीमा केन्द्रित भएर छलफल हुँदैआएको छ । तर आजको भेटमा कार्यसूचीबारे कुनै छलफल नभएको बताइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार