काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।
प्रसाईंले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर आन्दोलन गर्ने घोषणा गरेका थिए । आन्दोलनको घोषणा गरेसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक हुन् ।
प्रसाईंलाई पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले पुष्टि गरेको छ । गत वर्ष जेनजी प्रदर्शन भन्दा अगाडी उनले काठमाडौँको तीनकुनेमा प्रदर्शन गरेका थिए । त्यसबेला दुई जनाको मृत्यु भएको थियो । प्रसाईं यसअघि पनि पटक पटक पक्राउ परेर छुट्दै आएका थिए ।
यसअघि जेठ ४ मा प्रहरीले उनलाई पर्साको वीरगन्जस्थित दियालो होटलबाट पक्राउ गरेको थियो । त्यसबेला प्रहरीले उनलाई सामाजिक सञ्जालमा अपशब्द बोलेको कसुरमा मुद्दा चलाएको थियो ।
प्रसाईंलाई पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया