असोज ११, २०८३ आइतबार September 27, 2026

क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण- केहि खेल गुमाउने सम्भावना

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान तथा इटालियन च्याम्पियन युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ ।

यूईएफए नेसन्स लिग तथा मैत्रीपूर्ण खेलका लागि हाल राष्ट्रिय टोलीको साथमा रहेका रोनाल्डोलाई संक्रमण देखिएको पोर्चुगिज फुटबल महासंघले आज पुष्टि गरेको छ ।

यूईएफए नेसन्स लिग अन्तर्गत भोली स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन । रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण नदेखिएको महासंघले जनाएको छ ।

रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ । रोनाल्डोले आइतबार मात्र फ्रान्सविरुद्ध गोलरहित बराबरी भएको खेल खेलेका थिए ।

रोनाल्डोलाई संक्रमण भएसँगै उनले अब पोर्चुगलले भोली खेल्ने खेलसँगै क्लब फुटबलमा पनि केहि खेल गुमाउने सम्भावना रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया