असोज ११, २०८३ आइतबार September 27, 2026

आइपीएल क्रिकेटः चेन्नईद्वारा हैदराबाद २० रनले पराजित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा साविक उपविजेता चेन्नई सुपर किङ्सले तेस्रो जित निकालेको छ ।

गएराती दुबईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई २० रनले पराजित गर्दै चेन्नईले तेस्रो जित निकालेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४७ रन मात्र बनाउन सक्यो ।

हैदराबादका लागि केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै जोनी बेयरस्टोले २३ रन जोड्दा प्रियम गार्गले १६ तथा विजय शंकरले १२ रन बनाए । राशिद खान १४ रनमा आउट भए । चेन्नईका कर्ण शर्मा र ड्वाने ब्राभोले २र२ विकेट लिए । यस्तै साम करन, सार्दुल ठाकुर र रबिन्द्र जडेजाले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । हैदराबादका सन्दीप शर्मा, खलिल अहमेद र टि नटराजनले २र२ विकेट लिए ।

जितसँगै चेन्नईले ८ खेलमा ६ अंक जोडेको छ । चेन्नई छैटौं स्थानमा समेत उक्लिएको छ । हैदराबादको यो पाँचौ हार हो । हैदराबाद ८ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

आजको खेलमा दिल्ली क्यापिटल्स र राजिस्थान रोयल्सबीच प्रतिषपर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी पौने ८ बजे दुबै अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । एजेन्सी ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
फेवातालमा उच्च क्षमताको ‘जेटस्की’ उद्धार डुङ्गा सञ्चालन
२०८३ असोज ११, आइतबार
सेवा प्रवाहमा उत्कृष्टता ल्याउन प्रतिष्ठानको भूमिका महत्त्वपूर्ण : डा गुणाकर भट्ट
२०८३ असोज ११, आइतबार
‘नेपाली डायस्पोरा आर्थिक रूपान्तरणको महत्वपूर्ण साझेदार’ : परराष्ट्रमन्त्री
२०८३ असोज ११, आइतबार
बाढीपहिरोका कारण गुल्मीका २३१ घर उच्च जोखिममा
२०८३ असोज ११, आइतबार
पर्यटन विकासका लागि अन्तर मन्त्रालय समन्वय आवश्यक छ : मन्त्री पौडेल
२०८३ असोज ११, आइतबार
कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा
२०८३ असोज ११, आइतबार
गिवाङको पहिरोमा पुरिएका दुई जनाको शव फेला, दुई जनाको उद्धार
२०८३ असोज ११, आइतबार