श्रावण २८, २०८३ बिहिबार August 13, 2026

महिला उद्यमीलाई साझा मञ्चमा ल्याउँदै कांग्रेस, भदौ ११ गते सम्मेलन

भदौ ११ गते कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने भएको छ । कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बिहीबार बसेको सातौँ बैठकले पार्टी केन्द्रीय कार्यालय परिसरमा सम्मेलन गर्ने निर्णय गरेको हो ।

पार्टी उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले स्टार्टअप तथा साना, मझौला उद्यममा संलग्न महिलालाई सम्मेलनमा सहभागी गराउने निर्णय गरेको छ ।

महिला उद्यमीलाई एउटै साझा मञ्चमा ल्याएर अनुभव आदानप्रदान, लगानीकर्तासँग भेटघाट, सरकारी निकायसँग समन्वय, नयाँ बजारको खोजी तथा प्रेरणादायी वातावरण निर्माण गर्ने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले जनाएको छ ।

त्यस्तै, बीपी स्मृति दिवसका अवसरमा साउन ६ गते आयोजना गरिएको ‘ग्रीन रन’ प्रतियोगिताअन्तर्गत महिलातर्फको दौड भदौ ६ गते पुनः सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । प्राविधिक कारणले उक्त दिन महिलातर्फको विजेता घोषणा गर्न नसकिएकाले दौड पुनः सञ्चालन गर्न लागिएको कांग्रेसले जनाएको छ ।

पुनः सञ्चालन हुने दौडमा यसअघि दर्ता भइसकेका महिलाका साथै नयाँ इच्छुक महिलालाई समेत सहभागी गराइने भएको छ ।

बैठकले प्रतिष्ठानका सदस्य राकेश सिंहको संयोजकत्वमा समुदाय पहुँच उपसमिति गठन गर्ने निर्णय गरेको छ । उक्त उपसमितिको सहजीकरण केन्द्रीय सदस्य डा। अमिता प्रधानले गर्ने कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस नोटमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
तेह्र जनालाई जग्गाधनी पुर्जा प्रदान
२०८३ श्रावण २८, बिहिबार
एसीसी प्रिमियर कपको खेल तालिका परिवर्तन
२०८३ श्रावण २८, बिहिबार
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल नियुक्त
२०८३ श्रावण २८, बिहिबार
राष्ट्रिय सभा बैठक : ग्यास अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारसँग सांसदको माग
२०८३ श्रावण २८, बिहिबार
पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता
२०८३ श्रावण २८, बिहिबार
सरकारी पूजा सामग्रीसहित डोटीबाट बडीमालिकातर्फ निस्कियो ‘पेटारो’
२०८३ श्रावण २८, बिहिबार
पश्चिमी देशमाथि आक्रमण गर्ने पुटिनको चेतावनी
२०८३ श्रावण २८, बिहिबार