काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने जनाइएको छ ।
बैठकमा संस्थापन इतर समूहले बोलाएको राष्ट्रिय भेला, पार्टीको आगामी महाधिवेशनलगायतका विषयमा छलफल हुने जनाइएको छ ।
संस्थापन इतरपक्षले यही साउन २९ देखि ३१ गतेसम्म काठमाडौंमा भेला बोलाएको छ । भेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि सहभागी हुने जनाइएको छ । लामो समयदेखि हङकङमा रहेका देउवा यही साउन २८ गते मध्यान्ह १२ बजे स्वदेश फर्किँदैछन् ।
संस्थापन इतर समूहले नेतृत्वले एकताका लागि पहल नगरे पार्टी फुट्ने चेतावनी दिइसकेको अवस्थामा बस्न लागेको बैठकलाई विशेष चासोका साथ हेरिएको छ ।
सर्वोच्च अदालतले पार्टी आधिकारिकता विवादमा शुरूदेखि नै सुनुवाइ गर्ने आदेश गरेपछि संस्थापन पक्षले पछिल्ला दिनमा दबाब महसुस गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया