श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

पोखरालाई पर्यटनसँगै ‘आइटी हब’ बनाउने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

डिजिटल हब बन्दै पोखरा, आइटी पूर्वाधार विकासमा सरकारको जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटनको राजधानीसँगै सूचना प्रविधि अर्थात् आइटीको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

युवा उद्यमी मञ्च पोखरा र पोखरा रिसर्च सेन्टरले आयोजना गरेको ‘डिजिटल उद्यमशीलता, रिमोट वर्क इकोसिस्टम तथा सूचना प्रविधि पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री पाण्डेले बनेपाको आइटी पार्क भौतिक संरचनामै सीमित भएकाले अपेक्षित सफलता हासिल गर्न नसकेको उल्लेख गर्नुभयो। उहाँले पोखरालाई भवन निर्माणमा मात्र सीमित नराखी डिजिटल हबका रूपमा विकास गर्ने अवधारणामा सरकार अघि बढिरहेको बताउनुभयो।

मुख्यमन्त्री पाण्डेले आइटी क्षेत्रको विकासका लागि गुणस्तरीय सडक, हवाई सेवा, नियमित विद्युत् आपूर्ति र तीव्र गतिको इन्टरनेट आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा पटक–पटक विद्युत् अवरुद्ध भएको प्रसङ्ग उल्लेख गर्दै उहाँले यस्तो अवस्थाको सुधारमा प्रदेश सरकार लागिपर्ने जानकारी दिनुभयो।

उहाँले निजी क्षेत्रलाई स्पष्ट योजना र प्रस्तावसहित सरकारसँग सहकार्य गर्न आग्रह गर्दै सार्वजनिक–निजी साझेदारी मोडलमा लगानी गर्न सरकार तयार रहेको बताउनुभयो। साथै, प्रदेश सरकारले कृत्रिम बुद्धिमत्ता र सूचना प्रविधिसम्बन्धी नीति तथा कानुन निर्माणको प्रक्रिया अघि बढाइसकेको जानकारी दिनुभयो।

कार्यक्रममा सहभागी युवा उद्यमी र आइटी विज्ञहरूले गण्डकी प्रदेशको डिजिटल पूर्वाधारको अवस्था तथा सुधारका उपायबारे सुझाव प्रस्तुत गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार