बैसाख १७, २०८३ बिहिबार April 30, 2026

युद्धका लागि तयार रहन सेनालाई सी चिनफिङको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः चीनिया राष्ट्रपति सी चिनफिङले चीनका सशस्त्र फौजहरूलाई सैन्य तालिम बलियो बनाउन र युद्धका लागि तयार रहन आदेश दिएका छन् । भारतसँग पूर्वी लद्दाखमा सैन्य गतिरोधको स्थिति रहेकोमा बुधबार उनले यस्तो आदेश दिएका हुन् ।

सीले मंगलवार क्वाङदोङ प्रान्तमा रहेको एक सैन्य अड्डाको भ्रमणका अवसरमा युद्धको तयारीका लागि आफ्नो दिमाग केन्द्रित गर्न आह्वान गरेका हुन् ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार, चाझोउ शहरमा चिनियाँ जनमुक्ति सेनाको मरिन कोप्र्सको निरीक्षण भ्रमणका क्रममा सीले सैनिकहरूलाई उच्च सतर्कताको स्थितिमा रहन अनि बफादार, स्वच्छ तथा भरपर्दो बन्न आह्वान गरे ।

अहिले चीन विभिन्न मुलुकसँग विवादमा छ । त्यसैले सीको आदेशले भारत, जापान र अमेरिका कसलाई लक्षित गरेको हो भन्ने स्पष्ट छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया