काठमाण्डाैंः पर्साको वीरगञ्जबाट प्रहरीले बरामद गरको साँढे २२ किलो सुनमा भारतको रक्सौलका बीजेपी नेताका भाइ संलग्न भएको पाइएको छ ।
प्रहरीले वीरगन्जबाट महानगरपालिकाको श्रीगणेश अपार्टमेन्टबाट साढे २२ किलो सुन बरामद गरेको थियो । उक्त प्रकरणमा बिजेपी नेता प्रमोदकुमार सिन्हाका भाइको संग्लनता रहेको खुलेको हो ।
पर्सा प्रहरीले भारत पूर्वी चम्मपारण हरैया बस्ने अशोक सिन्हाको बस्ने फ्ल्याटबाट सुन बरामद भएको जनाएको थियो । तर सुनसँग कोही पनि पक्राउ परेका थिएनन् । भारतीय सञ्चारमाध्यमका अनुसार अशोक सिन्हा बिहारको चुनावमा बिजेपीका तर्फबाट प्रत्यासीका रुपमा हेरिएका प्रमोदकुमार सिन्हाका भाइ हुन् ।
प्रहरीले २ घण्टा बढी अपरेसन चलाएर सुन बरामद गरेको थियो । सुनबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको थियो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया