बैसाख १७, २०८३ बिहिबार April 30, 2026

न्युजिल्यान्डको आम निर्वाचनमा अर्डेनको पार्टी विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः न्युजिल्यान्डको आम निर्वाचनमा प्रधानमन्त्री जासिन्डा अर्डेनको सेन्ट्रल लेफ्ट लेबर पार्टी विजयी भएको छ । विपक्षी पार्टीकी नेतृ जुडिथ कोलिन्सले झन्डै एक चौथाई मत गणना हुन बाँकी रहेकै अवस्थामा शनिबार पराजय स्वीकार्दै उनलाई बधाइ दिएकी छिन् ।

अहिलेसम्म लेबर पार्टीले ४९ प्रतिशत मत ल्याएको छ भने निकटतम प्रतिस्पर्धी कोलिन्सको नेशनल पार्टीले २७ प्रतिशत मतमात्रै बटुलेको छ ।

त्यसैगरी वर्तमान सरकारमा अर्डेनसँगै गठबन्धन गरिरहेको नेशनलस्ट न्युजिल्यान्ड फस्र्ट पार्टीले २ दशमलव ६ र ग्रिन पार्टीले ७ दशमलव ६ प्रतिशत मत ल्याएको छ । अहिलेसम्मको आँकलनअनुसार मतगणना समाप्त हुँदासम्म कुल १ सय २० सिटमध्ये अर्डेनको पार्टीले झन्डै ६४ सिट जित्ने आँकलन गरिएको छ ।

यस्तो भएमा जासिन्डाले वर्तमान प्रणालीअन्तर्गत नै आफ्नो पार्टीको एकल सरकार बनाउन गर्न सक्नेछिन् । बहुमत नआएको अवस्थामा उनले गठबन्धन सरकारलाई नै निरन्तरता दिनसक्नेछिन् ।

विपक्षी नेशनल पार्टीकी नेतृ कोलिन्सले हार स्विकारेपछि आफ्नो अकल्यान्डस्थित घरबाट हात हल्लाउँदै अर्डेन निस्किएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया