असार २२, २०८२ आइतबार July 6, 2025

‘दाहालले बेग्लै पार्टी चलाएको ओलीको आरोप’

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बेग्लै पार्टी सञ्चालन गर्न खोजेको आभास दिइरहेको आरोप लगाएका छन्। बालुवाटारमा शनिबार दिउँसो कर्णाली प्रदेशका नेताहरूलाई बोलाएर छलफल गर्ने क्रममा प्रधानमन्त्री ओलीले दाहालमाथि त्यस्तो आरोप लगाएका हुन्।

‘एउटै पार्टीका नेताहरूलाई उहाँले बेग्लाबेग्लै भेट गर्नुभयो। समस्या हो, समस्या छ भने त्यसलाई सम्बोधन गर्न सामुन्नेमा राखेर छलफल गर्नुपर्छ। उहाँले त्यसो गर्नुभएन र आज यहाँ बोलाएको पनि आउनुभएन। यसले सन्देश राम्रो जाँदैन,’ प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने, ‘विवाद समाधानका लागि आएका एउटै पार्टीका नेतालाई छुट्टाछुट्टै भेटघाट गर्दा छुट्टै पार्टी सञ्चालन गरेको आभास भयो। खैर केही छैन, हामी दुवैजना बस्छौं र तपाईंहरूको समस्यालाई समाधान गर्छौं।’

दाहालले बिहीबार र शुक्रबार बेग्लाबेग्लै समूहमा कर्णालीका नेताहरूसँग छलफल गरेका थिए। शनिबार ओलीले कर्णालीका नेताहरूसँग छलफल गर्ने क्रममा दाहाललाई पनि बालुवाटार बोलाएका थिए तर गएनन्। कर्णाली प्रदेशका इन्चार्ज जनाद्र्धन शर्मा पनि बालुवाटार छलफलमा सहभागी भएनन्।

दाहालले ओलीकै सहमतिमा उनीहरूसँग छलफल गरेको बताइए पनि ओली भने असन्तुष्ट देखिएको जनाइएको छ। शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित यामलाल कँडेल, गोरखबहादुर बोगटी, प्रकाश ज्वाला, मायाप्रसाद शर्मा, गुलाबजंग शाह, चन्द्रबहादुर शाहीलगायत नेताले प्रधानमन्त्री ओलीसँग छलफल गरे। छलफलमा ओलीले प्रदेश सरकार भनेको संघीय सरकारको प्रशासनिक एकाइ भएकाले मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि संघीय प्रधानमन्त्रीसँग छलफल गरेर मात्रै गर्नुपर्ने बताएका थिए।

कार्यकारी अध्यक्षको जिम्मेवारी पाएपछि दाहालले कर्णालीको विवाद समाधानका लागि अग्रसरता लिएका थिए। प्रधानमन्त्री ओलीले सरकार हेर्ने र दाहालले पार्टी हेर्ने जिम्मेवारी बाँडफाँट भएपछि दाहालले कर्णालीमा देखिएको विवाद समाधान गर्न भनेर दुवैतर्फका नेताहरूलाई आफ्नो निवासमा बोलाएर छलफल गरेका थिए । आजको नागरिक दैनिकमा खबर छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार