श्रावण २, २०८२ शुक्रबार July 18, 2025

नेकपामा बेथिति : कार्यकर्तामा असन्तुष्टि बढ्दो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नेतृत्व तहमा नै पार्टी एकताको बाँकी काम टुंग्याउन उदासीनता देखिएको छ । शीर्ष नेताहरू नै शक्ति र सत्ताको पछाडि दौडिरहँदा पार्टी एकताको बाँकी काम छायामा पर्न थालेको भन्दै आम कार्यकर्तामा असन्तुष्टि बढ्न पुगेको छ ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा खासै संवेदनशील बन्न नसकेको भन्दै अध्यक्षद्वयलाई यस विषयमा गम्भीर भएर लाग्नुपर्ने पार्टी कार्यकर्ताको सुझाव छ ।

पार्टीका विभिन्न कमिटीले एकताको बाँकी काम टुंगो लगाउन निर्णय गरे पनि नेतृत्वमा रहेकाहरूले कार्यान्वयन नगर्दा एकताका बाँकी काम ओझेलमा परेको हो । नेकपाभित्र देखिने गरेको एकपछि अर्को किचलोका कारण पार्टी एकताको बाँकी काम टुंगो लगाउने जिम्मेवारी ओझेलमा पर्दै गइरहेको छ । तत्कालीन नेकपा ९एमाले० र माओवादी केन्द्रबीच ३ जेठ २०७५ मा एकता घोषणा भएको थियो ।

पार्टी एकता घोषणा कार्यक्रममै शीर्ष नेताले तीन महिनाभित्रैमा पार्टी एकताका सम्पूर्ण काम टुंगो लगाउने उद्घोष गरेका थिए । तर, पार्टी एकता भएको अढाई वर्ष पूरा भए पनि एकताको बाँकी काम टुंगो लाग्न सकेको छैन् ।

पार्टी केन्द्रीय कमिटी, सचिवालय र स्थायी कमिटीले विभिन्न समयमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा निर्णय गरे पनि ती निर्णयहरू त्यसै थन्कँदै आएका छन् । आजको राजधानी दैनिकमा खबर छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार