भाद्र १०, २०८३ बुधबार August 26, 2026

भोटेकोशी बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै रास्वपाको सतर्कता अपिल

सरकार, स्थानीय प्रशासन र नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटका तटीय क्षेत्रमा पुगेको क्षति तथा त्यसको असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने चेतावनीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाका महामन्त्री विपिन आचार्यले जारी गरेको विज्ञप्तिमा त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्र उच्च जोखिममा रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्। सम्भावित मानवीय तथा भौतिक क्षति न्यूनीकरणका लागि सरकार, स्थानीय प्रशासन र नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ, ‘बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौँ। जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ।’

यस विपद्को संवेदनशील घडीमा, नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि अपिल गरेको छ। अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक सम्बन्धित नदी तटीय सडकहरूमा कुनै पनि प्रकारको यात्रा नगर्न आग्रह गरेको छ।

कुनै आपत्कालीन अवस्था सिर्जना भए नेपाल प्रहरीको टोल–फ्री नम्बर १०० तथा आपत्कालीन नम्बर १२३४ मा सम्पर्क गर्न अनुरोध गरिएको छ। साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका काममा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सक्रिय रूपमा सेवामा जुट्न पार्टीका सम्पूर्ण सदस्यलाई निर्देशन दिइएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
उद्धार, खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको निर्देशन
२०८३ भाद्र १०, बुधबार
बाढीको जोखिमपछि तीन प्रमुख सडकखण्डमा यात्रा नगर्न आग्रह
२०८३ भाद्र १०, बुधबार
टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्क विहीन
२०८३ भाद्र १०, बुधबार
मन्त्रिपरिषदको आकस्मिक बैठक बस्दै
२०८३ भाद्र १०, बुधबार
सिरहा भन्सार कार्यालय : राजस्व सङ्कलनमा वृद्धि
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै रास्वपाको सतर्कता अपिल
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीः तटीय क्षेत्रका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह
२०८३ भाद्र १०, बुधबार