भाद्र १०, २०८३ बुधबार August 26, 2026

त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित

भदौ ११ गते हुने एमबिएसअन्तर्गत ‘व्यवस्थापन ५२२ः अन्तरराष्ट्रिय व्यवसाय’ विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १० भदौ : त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन सङ्कायअन्तर्गत सञ्चालन भइरहेको स्नातकोत्तर तहका विभिन्न कार्यक्रमको नियमित परीक्षा भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको छ ।

व्यवस्थापन सङ्काय, डिनको कार्यालयले आज जारी गरेको सूचनाअनुसार एमबिएस, एमपिए, एमबिए–एफ, एमबिए–सिएल, एमबिए–एम, एमबिएम, एमएचएम, एमटिटिएम र एमएटिएस कार्यक्रमअन्तर्गत भदौ ११ गतेका लागि निर्धारित परीक्षा स्थगित गरिएको हो ।

बाढीका कारण उत्पन्न असहज तथा प्रतिकूल परिस्थितिलाई ध्यानमा राखी सम्बन्धित परीक्षा स्थगित गरिएको व्यवस्थापन सङ्कायले जनाएको छ । स्थगित परीक्षाको नयाँ मिति तथा तालिका यथाशीघ्र प्रकाशन गरिने सूचनामा उल्लेख छ ।

यसअघि त्रिविको व्यवस्थापन सङ्कायले नुवाकोटस्थित त्रिभुवन त्रिशूली बहुमुखी क्याम्पस परीक्षा केन्द्रमा भदौ ११ गते सञ्चालन हुने एमबिएसअन्तर्गत ‘व्यवस्थापन ५२२ः अन्तरराष्ट्रिय व्यवसाय’ विषयको परीक्षा पनि प्राकृतिक विपत्तिका कारण स्थगित गरेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली सेनाको स्वास्थ्य टोलीद्वारा बाढीपीडितको उपचार जारी
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढी अपडेट : ४०३ पर्यटक सम्पर्कविहीन, कुन देशका कति ?
२०८३ भाद्र १०, बुधबार
त्रिविको व्यवस्थापन सङ्कायको परीक्षा स्थगित
२०८३ भाद्र १०, बुधबार
रास्वपाले बाढीपीडितका लागि ५० लाख दिने, ‘र्‍याट’ परिचालन गर्ने
२०८३ भाद्र १०, बुधबार
कांग्रेस केन्द्रीय समिति बैठकले के-के गर्यो निर्णयहरु (सूची सहित)
२०८३ भाद्र १०, बुधबार
भोटेकोशी बाढीबाट भएको क्षतिबारे राष्ट्रपतिले लिए प्रधानमन्त्रीसँग जानकारी
२०८३ भाद्र १०, बुधबार
अमेरिकी सामानमा क्यानाडाको प्रतिशुल्क
२०८३ भाद्र १०, बुधबार