असोज ११, २०८३ आइतबार September 27, 2026

कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई हराएको छ ।

कोलकाताले हैदराबादलाई सुपर ओभरमा हराएको हो । सुपर ओभरमा हैदराबादले दिएको तीन रनको लक्ष्य कोलकाताले चौथो बलमा पूरा गर्यो । सुपर ओभरमा पहिले ब्याटिङका लागि डेभिड वार्नर र र जोनी बेयर्स्ट्रो क्रिजमा आएका थिए ।

कोलकाताका लागि लकी फर्गुसनले पहिलो बलमा नै वार्नरलाई बोल्ड आउट गरे । त्यसपछि क्रिजमा आएका अब्दुल समादले दोस्रो बलमा दुई रन जोडे । तेस्रो बलमा फर्गुसनले समादलाई पनि बोल्ड आउट गरेपछि कोलकाताले तीन रनको लक्ष्य पाएको हो ।

तीन रनको लक्ष्य पाएको कोलकाताका लागि क्रिजमा इयन मर्गन र दिनेश कार्तिक आएका थिए । हैदराबादका लागि राशिद खानले पहिलो बल मर्गनलाई डट राखे । दोस्रो बलमा मर्गनले एक रन लिएका थिए ।

क्रिजमा रहेका कार्तिकले तेस्रो बल डट खेले, चौथो बलमा कोलकाताले दुई रन लेग बाइबाट पाएसँगै हैदराबाद सुपर ओभरमा पराजित भएको हो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ६३ रन बनाएको थियो ।

यो जितसँगै १० अङ्कका साथ कोलकाता तालिकाको चौथो स्थानमा उक्लिएको छ भने हैदराबाद ६ अङ्कसहित पाँचौँ स्थानमा छ ।- एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया