भाद्र १५, २०८३ सोमबार August 31, 2026

बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार

हालसम्म ४ हजार २ सय ४७ जना सम्पर्कविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । रसुवाको भोटेकोशी बाढी प्रभावित क्षेत्रबाट ९ हजार ४३५ जनाको उद्धार गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरण अनुसार बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या ९ सय ३ पुगेको छ । शव फेला परेका स्थानमध्ये रसुवामा २४, नुवाकोट-९५, धादिङमा ५५, गोरखा ६२, तनहुँ ३७, नवलपरासी पश्चिम १५१, नवलपरासी पूर्व २०७ र सबैभन्दा बढी चितवनमा २ सय ७२ जनाको शव फेला परेको हो ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार हालसम्म ४ हजार २ सय ४७ जना सम्पर्कविहीन छन् ।

नेपाल प्रहरी २५ जना, नेपाल सेना ४५ जना, सशस्त्र प्रहरी बल नेपाल १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमन कार्यालयका ४ जना, रसुवामा ५६२ जना, नुवाकोटमा ११५ जना, जलविद्युत आयोजनाबाट ९३३ जना, मकवानपुरबाट ६५ जना, विदेशी नागरिक ५९२ जना, विदेशी पर्यटकसँग घुम्न गएका १२७ जना, लाङटाङ राष्ट्रिय निकुञ्जबाट ३ र क्वारेन्टाइन कार्यालयबाट ३ जना सम्पर्कविहीन छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया