असार २२, २०८२ आइतबार July 6, 2025

कालोबजारी विरुद्ध नागरिक समाजको आह्वान : गुणस्तरहीन खाद्य वस्तु बहिष्कार गरौं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मिति गुज्रेका र अखाद्य वस्तु बजारमा ल्याउने कालोबजारियामाथि सरकारले सशक्त कारबाही नचलाएका कारण नागरिक समाज संगठित बनेर गुणस्तरहीन अखाद्य वस्तु बहिष्कार गरौं भन्दै सार्वजनिक भएको छ ।

संविधानमै उपभोक्ताको हक र अधिकार सुनिश्चित गरिए पनि व्यवहारमा भने लागू हुन नसकेको भन्दै नागरिक समाजले यस्ता वस्तु उपभोग नगर्न आह्वान गरेको छ । सरकारले उपभोक्ताहरुको हक अधिकार सुनिश्चित गर्न धेरै निकाय खडा गरेको छ । तर ती नियामक निकायको भूमिका भने प्रभावकारी हुन नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । नियामक निकायले निरन्तररुपमा बजार अनुगमन गर्नेभन्दा पनि चाडवाडको समयमा मात्र सक्रिय हुने गरेका छन् ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले प्रजातान्त्रिक मुलुकमा उपभोक्ताको अधिकार सुनिश्चितता गरिए पनि व्यावहारिकरुपमा लागू हुन नसक्ने बताउनुभयो । उपभोक्ता हक अधिकार नियम कानुनलाई केही व्यापारीहरुले राजनीतिक नेतृत्वमा मुठ्ठीमा राख्ने क्रम बढेको बताउँदै महर्जनले नियम कानुन उपभोक्ताको पक्षमा कर्यान्वयन गर्ने सरकार अनुचित धन्धा चलाउने वा कालोबजारी गर्नेको पक्षमा उभिएको आरोप लगाउनुभयो ।

‘अबको दिनमा उपभोक्ताहरुले कालोबजारी गर्ने अनुचितरुपमा उत्पादन हुने उत्पादनलाई बहिष्कार गर्नुपर्छ’, उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘अखाद्य वस्तुलाई अब सामाजिक बहिष्कार गर्नुपर्छ । अब सामाजिक जागरण चलाउने बेला पनि आयो अब नागरिकरुले नैतिकताको हतियार देखाउने बेला आयो । नियतवश दशैंको मौका छोपेर कालोबजारी र म्याद गुज्रिएका वस्तु रिलेबलिङ गरेर बजारमा पु¥याउने व्यापारी तथा वितरकलाई बहिष्कार गर्नुपर्छ ।’

‘जनताबाट निर्वाचित जनप्रतिनिधि र सरकार नै कालोबजारीसँगको उठबसमा रमाउने गरेकाले उपभोक्ताको अधिकार सुनिश्चितता नहुँदासम्म सुशासनको प्रत्याभूति हुन नसक्दैन।’ –उहाँले भन्नुभयो ।

उहाँले नियामक निकायलाई हस्तक्षप नगरी काम गर्न दिनुपर्ने बताउँदै राजनीतिक नेतृत्व र बिचौलियको अवधै साँठगाँठ नभत्काउँदासम्म उपभोक्ताको अधिकार सधैं कुण्ठित हुने बताउनुभयो । सिंहदरबारको कुर्सीमा बस्नेहरुबाटै कालोबजारी हुने भएपछि त्रिवेणी ग्रुप र विशाल ग्रुपजस्ता अवैध काम गर्ने व्यापारिक समूह सक्रिय भइरहने महर्जन बताउनुहुन्छ ।

त्यसैगरी अखाद्य भइसकेको वस्तुलाई पनि पुनः रिलेबल टाँस गरेर बालबालिकाको स्वास्थ्यमाथि खलेवाड गर्दै विशाल ग्रुपमार्फत आयात हुने चकलेट, बिस्कुट, आलु चिप्सजस्ता खाद्य वस्तु म्याद सकिए पनि बजारमा छ्यापछ्यापी पाइने गरेको छ ।

विभागका अनुसार ९५ करोड रुपियाँभन्दा धेरै मूल्यका त्यस्ता वस्तुसहितको गोदाम सिल गरिएको छ । बालबालिकाले निकै मनपराउने ओरियो बिस्कुटसहित बर्नभिटा, हरलिक्स, स्नेकर्स चकलेट, ट्याङ जुसलगायतका दर्जनौं वस्तुको म्याद सकिए पनि बिक्रीमा ल्याइएको फेला पारेपछि उपभोक्ता नै त्रसित बनेका छन् ।

म्याद गुज्रिएका खाद्य वस्तु बिक्रीवितरण गर्नेलाई कालोबजारअन्तर्गत सामाजिक ऐन–३०३२, उपभोक्ता संरक्षण ऐन–२०७५ र खाद्य ऐन २०२३ अनुसार कारबाही हुने प्रावधान छ । विभागले भने हाल पक्राउ परेकाहरुलाई उपभोक्ता संरक्षण ऐनअन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाएको छ । उपभोक्ता संरक्षण ऐनअन्तर्गत ५ वर्षसम्म जेल सजाय हुने प्रावधान रहेको छ ।

त्यसैगरी गोर्खा बु्रअरीद्वारा उत्पादित विभिन्न ब्रान्डका बियर मापदण्डविपरीत रहेको पाइएको छ । सो कम्पनीले उत्पादन गरेका बियरले जनस्वास्थ्यमा गम्भीर असर गरेको पाइएको छ । नेपालको चर्चित औद्योगिक घराना खेतान समूहद्वारा सञ्चालित तथा गोर्खा ब्रुअरीद्वारा उत्पादित काल्र्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियर मापदण्डविपरीत उत्पादन गरी बिक्रीवितरण गरेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

मापदण्डविपरीत उत्पादन गरिएको बियरले जनस्वास्थ्यमा गम्भीर असर गरेको पाइएपछि विभागले बियरका रूपमा बजारमा बिक्रीवितरण गर्न रोक लगाएको बताएको छ । विभागले उक्त कम्पनीको बियरलाई लोकल रक्सीका रूपमा रूपान्तरण गरिदिएको छ ।

कोरोना महामारीका मौका छोपी गोर्खा ब्रुअरीले सर्वसाधारणमाथि ठगी गरेकाले कडा कारबाही गर्न उपभोक्ताले माग गरेका छन् ।अन्तःशुल्क लाग्ने मदिरा, चुरोट वा सुुर्तीजन्य वस्तुको उत्पादन गर्ने इजाजतपत्र लिनेले आफूले उत्पादन गरेको त्यस्तो वस्तुमा आवश्यक कच्चा पदार्थको अभिलेख नदेखाई उत्पादन र भण्डारण गरी अन्तःशुल्क छलेमा इजाजतपत्र ३ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान अन्तःशुुल्क ऐनमा उल्लेख गरिएको छ ।

कर छली गरेका कारण बारम्बार विवादमा आउने गोर्खा ब्रुअरीलाई सरकारले ठोस कारबाही गर्न नसकेकोले यसपटक पनि उसले कमसल बियर बजारमा ल्याएको छ । गत वर्ष मात्र चितवनमा कर छली गरेकै कारण विवादमा आएको यस कम्पनीले पैसा र पदको प्रयोग गर्दै कास्कीमा लगेर मुद्दा चलाउन सफल भयो । समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार