असोज १२, २०८३ सोमबार September 28, 2026

इन्डियन प्रिमियर लिग (आईपीएल)मा पन्जाब र कोलकाताको रोमाञ्चक जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः यूएइमा जारी १३ औं संस्करणकाे इन्डियन प्रिमियर लिग (आईपीएल) काे दाेस्राे खेलमा किङ्स इलाभेन पन्जाब विजयी भएको छ । आइतबार राति युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको खेलमा साविक विजेता मुम्बई इन्डियन्सलाई सुपरओभरमा पराजित गर्दै पञ्जावले तेस्रो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको पन्जाबले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा पहिले ब्याटिङ गरेको पन्जाबले २ विकेटको क्षतिमा ५ रन जोडेपछि जवाफी ब्याटिङ गरेको मुम्बईले पनि १ विकेटको क्षतिमा ५ रन बनाएपछि खेल फेरि पनि बराबरीमा सकिएको थियो ।

दोस्रो खेल पनि बराबरी भएपछि फेरी सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेटको क्षतिमा ११ रन बनायो । १२ रनको लक्ष्य पछ्याएको पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित हात पारेको हो ।

खेल सुपर ओभरमा जानु अघि पन्जाबका केएल राहुलले अर्धशतकीय पारी खेले । ५१ बल खेलेका उनले ७ चौका र ३ छक्काको मद्दतमा ७७ रनको योगदान दिएका थिए । यस्तै, निकोलस पुरण र क्रिस गेलले समान २४–२४, दिपक होडा २३, क्रिस जोर्डन १३, तथा मायांक अग्रवालले ११ रन जोडे । मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । यस्तै राहुलले २ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो । मुम्बईका क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ३ चौका र ३ छक्काको मद्दतमा ५३ रन जोडेका थिए । यस्तै हार्दिक पाण्डेय र केइरन पोलार्डले समान ३४–३४, नाथन कल्टरले २४ रन जोड्दा अन्य ब्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।

पञ्जाबका मोहमद शामी र अश्रदिप सिंहले समान दुई–दुई विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले एक–एक विकेट लिए । मुम्बई ९ खेलबाट १२ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । पन्जाब भने ९ खेलबाट ६ अंकका साथ छैटौं स्थानमा छ ।

यसअघि आइतबार नै भएको अर्को खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई सुपर ओभरमा पराजित गरेको थियो ।  जितपछि कोलकाताले नौ खेलमा १० अंक बनाएको छ भने हैदरावादको ६ अंक छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रुसमाथि कडा प्रतिबन्ध लगाउन जेलेन्स्कीको आग्रह
२०८३ असोज १२, सोमबार
इरानसँगको तनाव बढेपछि तेलको मूल्य बढ्यो, विश्व बजारमा दबाब
२०८३ असोज १२, सोमबार
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार