असार २३, २०८२ सोमबार July 7, 2025

सिटीइभिटीको डिप्लोमा-प्रमाणपत्र तहको एक बिषय मौका परीक्षा कात्तिक २२ गते हुने सूचना सहित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः सिटीइभिटीको डिप्लोमा प्रमाणपत्र तहको एक बिषय मौका परीक्षा कात्तिक २२ गते हुने हुने भएको छ ।

प्राविधिक शिक्षा तथा ब्यबसायीक तालिम परिषद्ले एक सूचना जारी गर्दै प्राविधिक शिक्षा तथा ब्यबसायिक तालिम परिषद् परीक्षा नियन्त्रण कार्यालय भक्तपुरद्धारा २०७६ चैत ६ र सो भन्दा अगाडी स्थगित गरिएको डिप्लोमा-प्रमाणपत्र नियमित तथा बिशेष प्रविधिक शिक्षा छात्रबृति कार्यक्रमको एक बिषय मौका परीषा हुने भएको हो ।

परिषद्का अनुसार कात्तिक २२ गते बिहान ८ बजे ७ वटै परीक्षा केन्द्रका जुनसुकै शिक्षण संस्थाबाट आवेदन फारम भरेको भएपनिआफुलाइ पायक पर्ने परीक्षा केन्द्रमा सक्कल प्रवेश पत्र र फेटो सहितको सक्कल परिचय पत्र अनिवार्य रुपमा लिएर परीक्षा दिन सकिने ब्यबस्था मिलाइएको छ ।

प्रदेश १ का लागि ज्याती मा.वि. इटहरी सुनसरी, प्रदेश २ का लागि जनता मा.वि. बेल्ही, राजौल जनकुर, बाग्मती प्रदेशका लागि बालाजु स्क्ल अफ इन्जीनियरिङ एन्ड टेक्नोलोजी बालाजु काठमाडौं, गण्डकी प्रदेशका लागि धर्मस्थी आधारभूत विद्यालय मालेपाटन पोखरा, लुम्बिनी प्रदेशका लापग देउराली जनता प्रा.शि. जिलगढी बुटवल, कर्णाली प्रदेशका लागि सुर्खेत क्याम्पस विरेन्द्रनगर सुर्खेत, र सुदूरपश्चिम प्रदेशका लागि सरस्वती मा.विधनगढी मनहरा कैलालीमा परीक्षा केन्द्रहरु तोकिएका छन् ।

सूचनामा हेर्नुहोस् :

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया