श्रावण २, २०८२ शुक्रबार July 18, 2025

संसदीय दलमै छलफल गरेर भत्ता फिर्ता गरौं: डा. मिनेन्द्र रिजाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता तथा सांसद मिनेन्द्र रिजालले संसदीय दलमै छलफल गरी दशैं भत्ता फिर्ता गर्नुपर्ने बताएका छन् । एक-एक जना सांसदले दसैं भत्ता फिर्ता गर्ने निर्णय सार्वजनिक गर्नुभन्दा संसदिय दलमै छलफल गर्न आग्रह गरेका हुन् ।

एकपछि अर्को सांसदले महामारीका बेला दसैं भत्ता नलिने भन्दै संघीय संसद सचिवालयलाई भत्ता फिर्ता लिइदिन आग्रह गरिरहेका छन् । सांसद रिजालले पार्टी संसदीय दलकै तर्फबाट कांग्रेसका सबै सांसदले भत्ता फिर्ता गर्ने निर्णय गर्नुपर्ने बताएका हुन्।

सांसदले कानुनविपरीत महामारीका बेला दसैं भत्ता बुझेपछि आलोचना भइरहेको छ। सत्तारूढ नेकपा र कांग्रेस लगायत दलका सांसदले दसैं भत्ता फिर्ता गर्ने बताइरहेका छन्।

संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, सांसद गगन थापालगायत कांग्रेस सांसदले आइतबार संसद सचिवालयलाई पत्र लेख्दै भत्ता फिर्ता लिन आग्रह गरेका थिए।

सांसद थापाले स्वकीय सचिव सबिनबाबु मुडभरीमार्फत् संसद सचिवालयमा दसैं भत्तावापत आएको ६४ हजार ७० रूपैयाँ नगद नै आइतबार बुझाएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार