भाद्र २०, २०८३ शनिबार September 5, 2026

साल्ट ट्रेडिङद्वारा विपद् प्रभावितका लागि रु ६० लाख सहयोग

कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ भदौ : साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायत जिल्लामा बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि रु ६० लाख सहयोग गरेको छ ।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले सामाजिक उत्तरदायित्व तथा मानवीय सहयोगस्वरूप रु ५० लाख र कर्मचारीको तलवबाट कट्टा गरी रु १० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराएको जानकारी दिनुभयो ।

कर्पोरेशनले विपद् प्रभावित क्षेत्रमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुको आपूर्ति गरिरहेको जनाएको छ । साथै, विपद्को यस घडीमा नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार कार्यमा ऐक्यबद्धता जनाउँदै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धनकुटा जिल्ला अस्पतालमा रक्तसञ्चार सेवा सुरु
२०८३ भाद्र २०, शनिबार
दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्
२०८३ भाद्र २०, शनिबार
खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
२०८३ भाद्र २०, शनिबार
भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै
२०८३ भाद्र २०, शनिबार
सात सय घरमा विद्युत सुविधाको पहुँच
२०८३ भाद्र २०, शनिबार
मोरिन्होको पुनरागमनपछि रियल मड्रिडको पहिलो हार, बेटिससँग १–० ले पराजित
२०८३ भाद्र २०, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाह राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका जाने
२०८३ भाद्र २०, शनिबार