भाद्र २०, २०८३ शनिबार September 5, 2026

खाजाको पैसा विद्यार्थीहरुले गरे राहत सहयोग

संकलित रकम ५ हजार १०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुभाष कायस्थ/जनकपुरधाम, २० भदौ । सर्लाहीका एक सामुदायिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजाको पैसा बचाएर रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकलाई राहत सहयोग गरेका छन् ।

जिल्लाको हरिहर जनता आधारभूत विद्यालय हरिपुर नगरपालिका–१ जानकीनगरका विद्यार्थीहरूले बाल क्लब र शिक्षकहरूको समन्वयमा आ आफ्नो खाजाको रकम संकलन गरी ५ हजार १०५ रुपैयाँ बाढीपीडितलाई राहतस्वरुप सहयोग गरेका छन् ।

विद्यार्थीहरूले आफूले दैनिक खाजा खान ल्याएको रकमबाट केही बचत गरी विपदमा परेका नागरिकका लागि सहयोग गरेका हुन् ।

विद्यार्थीहरूको सहयोग अभियानमा स्थानीय शिक्षा प्रेमी शान्तिप्रसाद दुलालले ५१० रुपैयाँ, पण्डित रिखीराम काफ्लेले ७१० रुपैयाँ, मधुसुदन न्यौपानेले क्यूआरमार्फत २ हजार रुपैयाँ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यबहादुर थापाले ५०० रुपैयाँ सहयोग गरेको जनाइएको छ ।

विद्यार्थी र अन्य सहयोगदाताबाट संकलित रकम ५ हजार १०५ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक जय नारायण सिंह विद्यार्थीहरूले सानै उमेरमा विपदमा परेका नागरिकलाई कसरी सहयोग गर्न सकिन्छ भन्ने कुरा उनीहरूले खाजा नखाई गरेको रकम थोरै भए पनि सहयोगी भावनाको एउटा प्रेरणा बनेको बताए ।

प्रधानाध्यापक सिंहले विपद्का बेला सहयोग र सहकार्यको भावना सानै उमेरदेखि विकास हुनु शिक्षाको महत्वपूर्ण पक्ष भएको बताए । विद्यार्थीहरूको यस्तो पहलले विद्यालयमा कार्यरत अन्य शिक्षकहरुलाई समेत सहयोगी भावको भावना जगाएको उनको भनाई छ । न्यूजकारखाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या १ हजार ३३१ पुग्यो, १३ हजार १०१ जनाको सकुशल उद्धार
२०८३ भाद्र २०, शनिबार
ट्रम्पसमर्थित निर्वाचन नक्साबारे मिसौरी सर्वोच्च अदालतमा
२०८३ भाद्र २०, शनिबार
बाढी प्रभावित घाइतेको उपचारमा सहयोग गर्न एमालेको रक्तदान कार्यक्रम
२०८३ भाद्र २०, शनिबार
हालैको प्राकृतिक विपत्तिबाट भएको क्षति अकल्पनीय : अध्यक्ष ओली
२०८३ भाद्र २०, शनिबार
युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
२०८३ भाद्र २०, शनिबार
वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत
२०८३ भाद्र २०, शनिबार
नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
२०८३ भाद्र २०, शनिबार