बैसाख १७, २०८३ बिहिबार April 30, 2026

लद्दाखमा चिनियाँ सैनिक भारतीय सेनाको कब्जामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः लद्दाखस्थित भारत-चीन सीमानजिकैबाट एक चिनियाँ सैनिकलाई भारतीय सेनाले पक्राउ गरेको छ ।

भारतीय समाचार संस्था एएनआईका अनुसार आइतबार राति सीमा पार गरेर भारतीय भूमिमा आएकाले उनलाई पक्राउ गरी सोधपुछ गरिएको छ ।

सोधपुछको क्रममा उनले आफू चिनियाँ सैनिक भएको बताएका थिए । उनीसँग केही सैन्य कागजात भेटिए पनि उनी हतियार भने नपाइएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

पछिल्लो समय भारत र चीनबीच सीमा समस्या समाधानको प्रयास जारी रहेको अवस्थामा भारतीय सेनाले चिनियाँ सैनिकलाई पक्राउ गरेको हो ।

चिनियाँ सैनिक थाहा नपाएको कारण भारतीय भूमिमा आएको हुन सक्ने सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । उनले आफ्नो हराएको याकको खोजीमा भारतीय भूमिमा आइपुगेको बताएका छन् ।

थाहा नपाई भारतीय भूमिमा आएकाले उनलाई विद्यमान प्रोटोकल पूरा गरी चीन फर्काइने बताइएको छ । गत जुन १५ मा दुई मुलुकका सैनिकबीच भएको झडपपछि भारत–चीन सीमाक्षेत्रमा तनाव देखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया