भाद्र २३, २०८३ मंगलबार September 8, 2026

राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु

लगातारको वर्षाका कारण राप्ती लोकमार्गको सल्यान–दाङ खण्डमा पटकपटक पहिरो खस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, भदौ २३ गते । अविरल वर्षापछि पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध भएको राप्ती लोकमार्गअन्तर्गत सल्यान–दाङ सडकखण्ड करिब १३ घण्टापछि सञ्चालनमा आएको छ । विभिन्न स्थानमा भएको अवरोधमध्ये मुख्य दुई स्थानको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

कपुरकोट गाउँपालिका–५, खारखोलामा सोमबार राति ८ः५० बजे पहिरो खसेपछि अवरुद्ध भएको सडक मङ्गलबार बिहान १०ः१३ बजे खुलेको हो । सडक खुले पनि उक्त स्थानमा साना सवारीसाधनका लागि मात्रै आवागमन सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै, कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा पनि सोमबार राति ८ः५० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । उक्त स्थानमा मंगलबार बिहान ९ः१३ बजे सडक सञ्चालनमा आएको हो ।

लगातारको वर्षाका कारण राप्ती लोकमार्गको सल्यान–दाङ खण्डमा पटकपटक पहिरो खस्दै आएको छ । पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा यात्रु तथा सवारीसाधनले बीच बाटोमै सास्ती खेप्दै आएका छन् । खारखोलामा गएको पहिरोमा परी गएराति एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग
२०८३ भाद्र २३, मंगलबार
बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोगको एक करोड एक लाख रुपैयाँ सहयोग
२०८३ भाद्र २३, मंगलबार
सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि
२०८३ भाद्र २३, मंगलबार
राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु
२०८३ भाद्र २३, मंगलबार
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
२०८३ भाद्र २३, मंगलबार
President Paudel Offers Special Prayers at Pashupatinath for the Welfare of the Nation and People
२०८३ भाद्र २३, मंगलबार
नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद
२०८३ भाद्र २३, मंगलबार