भाद्र २३, २०८३ मंगलबार September 8, 2026

नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद

सुस्ता सीमा क्षेत्रबाट ३ लाख २० हजार मूल्यका शालिग्राम प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

नवलपरासी ।सुस्ता गाउँपालिका–३ पथरकलास्थित सीमा क्षेत्रबाट भारततर्फ अवैध रूपमा लैजानका लागि लुकाएर राखिएका ८०१ थान शालिग्राम प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार भन्सार छली गरी नेपालबाट भारततर्फ लैजानका लागि बेवारिसे अवस्थामा लुकाएर राखिएका शालिग्राम बरामद गरिएको हो।

प्रहरी चौकी कुडियाबाट खटिएको गस्ती टोलीले सीमा क्षेत्रमा बेवारिसे अवस्थामा राखिएका शालिग्राम बरामद गरेको प्रहरीले जनाएको छ। बरामद शालिग्रामको अनुमानित मूल्य तीन लाख २० हजार रुपैयाँ बराबर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बरामद शालिग्राम आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन थापाले जानकारी दिनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भोटेकोशी बाढीप्रभावितलाई कारागारका कैदीबन्दीद्वारा सहयोग
२०८३ भाद्र २३, मंगलबार
बाढीपीडितहरुका लागि ब्रह्माकुमारी राजयोगको एक करोड एक लाख रुपैयाँ सहयोग
२०८३ भाद्र २३, मंगलबार
सुन र चाँदी दुवैको मूल्यमा उच्च वृद्धि
२०८३ भाद्र २३, मंगलबार
राप्ती लोकमार्गको सल्यान-दाङ सडकखण्ड १३ घण्टापछि सुचारु
२०८३ भाद्र २३, मंगलबार
सुशासन र परिवर्तनका लागि इमानदार प्रयास गरौँः पूर्वप्रधानमन्त्री कार्की
२०८३ भाद्र २३, मंगलबार
President Paudel Offers Special Prayers at Pashupatinath for the Welfare of the Nation and People
२०८३ भाद्र २३, मंगलबार
नवलपरासीको सुस्तामा भन्सार छलेर भारत लैजान लागिएका ८सय १ थान शालग्राम बरामद
२०८३ भाद्र २३, मंगलबार