असार २३, २०८२ सोमबार July 7, 2025

काका हत्या गरेको आरोपमा भतिज पक्राउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः कास्कीमा आफ्नै काकाको हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन् । ५५ वर्षीय टंकबहादुर तामाङको हत्या गरेको आरोपमा ओखलढुंगाको सुनकोशी गाउँपालिका–५, बान्द्रेका ४६ वर्षीय ईन्द्रबहादुर तामाङलाई आइतबार प्रहरीले पक्रेको हो ।

पोखरा महानगरपालिका(२०, मजुवा–बिसौना–विजयपुर कोट पर्यटकीय पैदलमार्ग निर्माणको काम गर्दै आएका सुनकोशी–५ कै टंकबहादुर गएको वैशाख २१ गते बिहान आफू बस्दै आएको मजुवास्थित छाप्रोमा मृत अवस्थामा फेलापरेका थिए ।

प्रहरीले ईन्द्रलाई लमजुङको मध्यनेपाल नगरपालिका–२, सोतीपसलबाट पक्राउ गरेको हो । घटनापश्चात् फरार रहेका उनी त्यहाँ लुकीछिपी बसेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

वैशाख २० गते बेलुका टंक र ईन्द्रसमेतका व्यक्तिहरुले सँगै रक्सी सेवन गरेका थिए । सोहीक्रममा भाँडा खसालेको विषयमा टंक र ईन्द्रबीच विवाद हुँदा ईन्द्रले टंकको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया