बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा कोरोना संक्रमणबाट एक लाख १५ हजार बढीले ज्यान गुमाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ४९८ जना कोरोना संक्रमित थपिएका छन् । यो अवधिमा त्यहाँ ५९४ जनाको मृत्यु भएको छ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७५ लाख ९४ हजार ७३६ पुगेको छ। तीमध्ये हालसम्म एक लाख १५ हजार २३६ जनाको कोभिड-१९ बाट मृत्यु भएको छ।

भारतमा ६७ लाख ३० हजार ६१७ जना संक्रमणमुक्त भएका छन्। अहिले त्यहाँ सात लाख ४८ हजार ८८३ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर बिरामी छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया