श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चीनको बिआरआई नेपालको आर्थिक तथा सामाजिक विकासका लागि महत्वपूर्ण छ: अध्यक्ष दाहाल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीनले अगाडि सारेको बिआरआई परियोजनाबाट नेपालको आर्थिक तथा सामाजिक क्षेत्रको उन्नयनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।

हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल बैठकलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सडक, रेलमार्ग तथा हवाई सञ्जालको विस्तार गरी नेपाल हुँदै दक्षिण एशियालाई जोड्ने एउटा महत्वपूर्ण सम्पर्क सञ्जालका रुपमा बिआरआई परियोजना अगाडि बढेको बताए।

शान्ति, स्थायित्व र विकासका लागि चीनले अघि सारेको बिआरआई परियोजना नेपालका लागि महत्वपूर्ण रहेको बताउँदै गत वर्ष चिनियाँ राष्ट्रपतिले गरेका नेपालको दुई दिवसीय राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको उल्लेख गरे।

उनले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा भएका सहमति तथा समझदारीले पनि एकार्काको विश्वास र सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याएको बताए। बिआरआई परियोजनाबाट नेपाल र चीन दुवै देशले फाइदा लिन सक्ने भएकाले त्यसलाई आफूले महत्वपूर्ण अवसरका रुपमा समेत लिएको स्पष्ट पारे। गत वर्ष चिनियाँ राष्ट्रपतिले गरेको नेपाल भ्रमणका क्रममा भएका सम्झौतामा एकार्का देशको भावनालाई समेटेको उनको भनाइ थियो।

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा दुई पार्टीबीच विभिन्न संयन्त्रका माध्यमबाट सम्पर्क विकास गर्ने र त्यसलाई क्रमश: विस्तार गर्दै लैजाने विषयमा महत्वपूर्ण छलफल भएको स्मरण गर्दै अध्यक्ष दाहालले सोही छलफलका आधारमा दुई पार्टीबीच महत्वपूर्ण विचारविमर्श भइरहेको बताए।

कोभिड महामारीका कारण यसै वर्षको शुरुआतमा हुने भनिएको उच्चस्तरीय भ्रमण हुन नसकेको जनाउँदै उनले कोरोनाको प्रकोप थमिएपछि दुई देशबीच थप उच्चस्तरीय भ्रमण आदानप्रदान हुने  विश्वास व्यक्त गरे। नेपाल सधैँ एक चीन नीतिप्रति प्रतिबद्ध रहँदै आएको उल्लेख गर्दै उनले नेपालको भूमिबाट कुनै पनि चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धतासमेत दोहोर्‍याए।

नेपालको सार्वभौसमत्ता र अखण्डताका पक्षमा चीनले देखाएको सद्भावलाई अध्यक्ष दाहालले खुशी व्यक्त गर्दै धन्यवाद दिए। कोरोनाको महामारीको नियन्त्रणका लागि चीन सरकारका तर्फबाट नेपाललाई निरन्तर प्रदान गरिएको सहयोगप्रति धन्यवाद दिँदै अध्यक्ष दाहालले नेपालको आर्थिक तथा सामाजिक विकासमा चीनले गर्दै आएको सहयोग हाम्रा लागि असाध्यै महत्वपूर्ण रहेको बताए।

नेपालमा अझै पनि कोरोनाको महामारी बढिरहेकाले  त्यसलाई नियन्त्रण गर्न चीन सरकारबाट तर्फबाट थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्दै उनले महामारीबाट सिर्जित समस्याको निराकरण गर्दै आर्थिक विकासमा समेत थप सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरे।

विश्वभर नै फैलिएको कोरोना महामारीको नियन्त्रणका लागि चीन सरकारले गरेको सहयोगको विश्वस्तरमा विश्व स्वास्थ्य सङ्गठनलगायतले समेत उच्च प्रशंसा गरेको सन्दर्भ जोड्दै अध्यक्ष दाहालले मानव जीवनको रक्षाका लागि उसले खेलेको महत्वपूर्ण भूमिकाप्रति धन्यवाद दिए।

यस्ता कार्यक्रमले नेपाल र चीनबीचको मैत्रीसम्बन्धलाई दीर्घकालसम्म विस्तार तथा विकास गर्न र नयाँ उचाइमा उठाउन महत्वपूर्ण भूमिका खेल्ने जनाउँदै उनले आयोजकलाई धन्यवाद पनि दिए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार