असार २२, २०८२ आइतबार July 6, 2025

निर्मला हत्या प्रकरण: पुराना फाइल पल्टाउँदै प्रहरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको दुई वर्ष दुई महिनापछि प्रहरीले फेरि घटनासम्बद्ध पुराना फाइल पल्टाउन थालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई छिट्टै टुंगोमा पु-याउने बताउँदै आइरहेका बेला प्रहरीले सो घटनाका पुराना अनुसन्धान फाइल तथा मिसिल फेरि पल्टाउन थालेको हो ।

यसैगरी, पुराना फाइलको अध्ययनसँगै प्रहरीले पहिले अनुसन्धानमा तानिएर छुटेका र नयाँ सम्भावित अनुहारलाई समेत उच्च निगरानी गरिरहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतले सो हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरी टोली सक्रिय रहेको र पुराना मिसिलसमेत अध्ययन हुँदै गरेको बताए ।

‘अनुसन्धानका लागि प्रहरीका धेरै टोली सक्रिय छन्, पुराना मिसिल पुनः अध्ययन गर्ने तथा शंकास्पद पुराना तथा नयाँ अनुहारमाथि उच्च निगरानी राखिएको छ,’ प्रहरी प्रवक्ता एसएसपी कडायतले राजधानीसँग भने ।

उनले पहिले अनुसन्धानका क्रममा तानिएर छाडिएकाहरूको समेत मुद्दा नटुंगिएका कारण उनीहरू पनि अनुसन्धानकै क्रममा रहिरहने जनाएका हुन् ।  ‘पहिले अनुसन्धानमा तानिएका र छुटेकाहरूको मुद्दा टुंगिएको होइन, आवश्यक परे फेरि पनि अनुसन्धानको दायरामा ल्याउन सकिन्छ । नयाँ अनुहार पनि निगरानीमा छन्,’ प्रवक्ता कडायतले थपे ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले घटनाका दोषीलाई कारबाही गरेरै छाड्ने नीति लिएपछि सुस्त रहेको अनुसन्धानले फेरि तीव्रता लिएको हो । महानिरीक्षक क्षेत्रीले पदभार सम्हाल्दा नै सो घटनालाई टुंगोमा पु-याउने बताएका थिए । ‘अनुसन्धानको गतिले अहिले लय लिएको छ, अनुसन्धान निष्कर्ष नजिक छ, केही समयभित्रै सत्यतथ्य बाहिर आउँछ,’ एक उच्च प्रहरी अधिकारीले भने ।

१० साउन २०७५ मा पन्तको घरनजिकै उखुबारीमा बलात्कार पछि हत्या गरिएको थियो । प्रहरीले उनको शवलाई ११ गते बिहान नियन्त्रणमा लिएको थियो । त्यसपछि घटना भएको २४औं दिन अर्थात् ४ भदौ २०७५ मा प्रहरीले दिलिप विष्टलाई मुख्य अभियुक्तका रूपमा सार्वजनिक गरेको थियो ।

तर, डीएनए परीक्षणको अनुसन्धानले विष्टलाई निर्दोष देखाएपछि उनी छुटेका थिए । विष्ट निर्दोष रहेको भन्दै कञ्चनपुरमा आन्दोलन उठ्दा भीमदत्त नगरपालिका–१८ का १४ वर्षीयसन्नी खुनाको ज्यानसमेत गएको थियो । त्यस बखत सो घटनामा परी १२ जनाभन्दा बढी घाइते भएका थिए ।

गृह मन्त्रालयले सो घटनाको अनुसन्धानका लागि भन्दै सहसचिव हरिप्रसाद मैनालीको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो । मैनाली नेतृत्वको समितिले निर्मलाको अन्यत्रै सामूहिक बलात्कार भएर उखुबारीमा लगेर शव फालिएको निष्कर्ष निकालेको थियो । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार