असोज १२, २०८३ सोमबार September 28, 2026

मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध

वर्षासँगैको बाढीपहिरो र नदी कटान गरेकाले विद्युत्सँगै फाइबर इन्टरनेट प्रसारण लाइनमा क्षति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मुस्ताङ, १२ असोजः मुस्ताङमा विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको छ । निरन्तरको वर्षाका कारण आएको बाढीपहिरोले विद्युत् र इन्टरनेट संरचनामा क्षति पुर्‍याएपछि शनिबार रातिदेखि यहाँ विद्युत् र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।

वर्षाका कारण बाढीपहिरो र नदी कटानले पर्वतको डिमुखाबाट आउने ३३ केभिए विद्युत् प्रसारण लाइनको खम्बामा क्षति पुगेकाले उक्त प्रसारण लाइनसँग सम्पर्क टुटेको जोमसोमस्थित विद्युत् वितरक संस्था निलगिरि उपभोक्ता सहकारी संस्थाका प्रमुख सनप्रसाद थकालीले जानकारी दिनुभयो । बाढीपहिरोले पर्वत र म्याग्दी खण्डमा विद्युत् संरचनामा क्षति पुगेकाले म्याग्दी दाना सवस्टेशनसमेत चार्ज हुन नसक्दा बन्द भएको उहाँको भनाइ छ ।

बाढीले विद्युत् र इन्टरनेट सेवा पूर्ण रूपमा क्षति भएसँगै म्याग्दीको उत्तरखण्डको अवस्थाको जानकारी लिन थप समस्या भइरहेको कार्यालय प्रमुख थकालीले बताउनुभयो । यसैबीच बाढीले विद्युत् र इन्टरनेट सेवामा क्षति पुर्‍याए पनि आइतबार साँझ म्याग्दीको बेनीसम्म विद्युत् प्रसारण लाइन मर्मत गरी सञ्चालनमा आइसकेको छ । ३३ केभिए प्रसारण लाइन र दाना सवस्टेशनको अवस्थाबारे थप अध्ययन गर्न जोमसोमबाट एक टोली त्यसतर्फ प्रस्थान गरिसकेका प्रमुख थकालीले उल्लेख गर्नुभयो ।

यसैगरी वर्षाका कारण मुस्ताङको थासाङ गाउँपालिका-३ स्थित केही स्थानमा रुख ढलेर विद्युत्का खम्बामा क्षति पुगेको भन्दै अहिले मौसम खुलेकाले उक्त स्थानमा विद्युत् प्रसारण लाइनको मर्मत गर्न प्राविधिक टोली त्यसतर्फ प्रस्थान गरिसकेको प्रमुख थकालीले बताउनुभयो । बाढीपहिरोका कारण अवरुद्ध सेवा सञ्चालन गर्न निरन्तर पहल भइरहेको जनाउँदै आज साँझसम्म सेवा नियमित हुने गरी प्राविधिक टोली कार्यस्थलमा खटिएका उहाँले बताउनुभयो ।

वर्षासँगैको बाढीपहिरो र नदी कटान गरेकाले विद्युत्सँगै फाइबर इन्टरनेट प्रसारण लाइनमा क्षति पुगेकाले पछिल्लो ३६ घण्टादेखि मुस्ताङमा इन्टरनेट सेवा पूर्ण रूपमा अवरुद्ध भएको नेपाल टेलिकम जोमसोम शाखाले जनाएको छ । पर्वत र म्याग्दी खण्डका दर्जनौँ स्थानमा फाइबर नेटका संरचनामा क्षति पुगेकाले इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोमसोमका कार्यालय प्रमुख हुम भुजेलले जानकारी दिनुभयो ।

अवरुद्ध संरचनाको मर्मत गरी म्याग्दीको बेनीसम्म सेवा सहज भइसकेको जनाउँदै उहाँले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा अझै सञ्चालन हुन नसकेको बताउनुभयो । म्याग्दीको बैसरी, थासाङको लेतेलगायत स्थानमा फाइबर नेटको प्रसारण लाइन मर्मत कार्य भइरहेको उहाँले जानकारी दिनुभयो ।

प्रमुख भुुजेलका अनुसार अप्टिकल फाइबर नेट सेवा अवरुद्ध भए पनि मुस्ताङका केही स्थानमा नेपाल टेलिकमको जिपिएस रेडियो लिङ्कबाट टेलिफोन तथा फोरजी सेवा चलिरहेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-३ छुसाङदेखि माथि कोरलानाकासम्म सोलार प्रविधिबाट रेडियो लिङ्क सञ्चालन भएकाले टेलिफोन र फोर सेवा चलाउन सकिने अवस्था रहेको उहाँको भनाइ छ ।

अवरुद्ध अप्टिकल फाइबर नेट सेवा छिटोभन्दा छिटो सञ्चालन गर्न प्राविधिक टोली जुटिरहेकाले आज साँझसम्म सेवा नियमित रूपमा सञ्चालन हुनसक्ने कार्यालय प्रमुख भुजेलले बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै
२०८३ असोज १२, सोमबार
भारतमा बाढीपहिरोबाट ६२ जनाको मृत्यु, ओडिसामा ७५ हजार विस्थापित
२०८३ असोज १२, सोमबार
स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
२०८३ असोज १२, सोमबार
अमेरिका–चीनले घटाउन सक्ने करका वस्तुको सूची सार्वजनिक
२०८३ असोज १२, सोमबार
राष्ट्र बैंकद्धारा ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान
२०८३ असोज १२, सोमबार
पछिल्लो २४ घण्टामा दुई सय ७२ विपद्का घटना, २१ जनाको मृत्यु
२०८३ असोज १२, सोमबार
अविरल वर्षाले विद्युत् संरचनामा क्षति
२०८३ असोज १२, सोमबार