काठमाण्डाैंः रौतहटका निरञ्जन रामको हत्याका मुख्य आरोपी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । गरुडा नगरपालिका–८, जिंगडिया निवासी निरञ्जनको हत्याका मुख्य आरोपी सोही ठाउँका राजगीर साह बनियाँलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख एवं डिएसपी रवि रावलका अनुसार हत्यापछि फरार रहेका बानियाँलाई आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले बिहीबार पक्राउ गरेकोे हो । घटनाबारे थप अनुसन्धान भईरहेको उनको बताको छ ।
पक्राउ परेका साहले सुपारी दिएर निरञ्जनको हत्या गराएको पीडित परिवारको दावी छ । गत साउन ३१ गते राति गाउँभन्दा केही पर दलित समुदायका २० वर्षीय निरञ्जन रामको धारिलो हतियारले घाँटी रेटी हत्या भएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा ७ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये विजय महरा प्रहरी हिरासतमै बिरामी परेपछि उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाइएकोमा भदौ १० गते राति उनको मृत्यु भएको थियो । उनको मृत्युपछि दलित समुदायले प्रहरीविरुद्ध आन्दोलन थालेका थिए ।
साथै प्रहरीको चरम यातनाका कारण महराको मृत्यु भएको भन्दै आफन्तले लामो समयसम्म विरोध प्रदर्शन गरेका थिए । लगत्तै गृह मन्त्रालयद्वारा उपसचिवको संयोजकत्वमा गठित तीन सदस्यीय छानबिन टोलीले रौतहटका तत्कालीन एसपी रविराज खड्का र गरुडाका प्रहरी प्रमुख एवं डिएसपी ज्ञानकुमार महतोलाई कारबाही गर्न सिफारिस गरेको थियो भने प्रहरी निरीक्षक नविनकुमार सिंह, सई विरेन्द्र यादव सहित ८ जना निलम्बनमा परेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया