बैसाख १७, २०८३ बिहिबार April 30, 2026

भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १७ हजार ३ सय नाघ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः भारतमा कोरोना भाइरस संक्रमण हुने व्यक्तिको संख्या शुक्रवार बिहानसम्म ७७ लाख ६१ हजार पुगेको छ ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा ५४ हजार ३६६ जना नयाँ संक्रमित थपिएका र ६९० जनाको संक्रमणका कारण मृत्यु भएको बताएको छ ।  मन्त्रालयका अनुसार भारतमा अझै पनि ६ लाख ९५ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा छन् भने ६९ लाख ४८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् ।

भारतमा शुक्रवारसम्म १ लाख १७ हजार ३०६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । भारतमा सबैभन्दा प्रभावित महाराष्ट्र राज्यमा १ लाख ५९ हजार व्यक्तिमा सक्रिय संक्रमित अवस्थामा रहेका छन् । यहाँ कोरोना भाइरस संक्रमित व्यक्तिमध्ये ४२ हजार ६३३ जनाको मृत्यु भइसकेको छ ।

अर्को सबैभन्दा प्रभावित कर्नाटक राज्यमा १ लाख व्यक्तिमा कोरोनाको संक्रमण रहेको छ भने ६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । यहाँ १० हजार ६९६ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

केरला राज्यमा अझै पनि ९३ हजार ५२७ जना व्यक्तिमा कोरोना संक्रमण रहेको छ । करीब २ लाख ६८ हजार व्यक्ति संक्रमणमुक्त भइसकेको केरलामा १ हजार २३२ जनाको ज्यान गएको थियो । पश्चिम बंगाल राज्यमा ३५ हजार, तमिलनाडूमा ३५ हजार र नयाँदिल्लीमा २४ हजार व्यक्तिमा कोरोना भाइरसका सक्रिय संक्रमित व्यक्ति रहेका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोरोना भाइरसका करीब १० करोड नमूना परीक्षण गरेको बताएको छ ।  रासस/ एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया