काठमाण्डौंः जुम्लाको गुठीचौर गाउँकार्यपालिका सदस्य जनक थकालीले आफ्नो सेवासुविधा स्वरुप आउने रकम विद्यालयमा लगाएका छन् । उहाँले गाउँपालिकाभित्रका विद्यालयलाई १४० फर्निचर उपलब्ध गराउनुभएको छ ।
पाँच वर्षमा आउने सबै सेवासुविधाको रकम विद्यालयमा लगानी गरिने सदस्य थकालीले जानकारी गराउनुभयो । आवश्यक फर्निचर नहुँदा विद्यार्थी भुइँमा बस्नुपरेको थियो । खड्कदेवी मावि मणिसाँघुका अध्यक्ष अर्जुन महताराले शिक्षा क्षेत्रमा कार्यपालिका सदस्य थकालीले गरेको लगानी अति राम्रो रहेको बताए ।
उहाँले भन्नुभयो,“जनप्रतिनिधि धेरै भए तापनि स्थानीयवासीको आवश्यकता र माग बुझ्ने जनप्रतिनिधि उहाँ मात्र हुनुहुन्छ ।”
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया