कार्तिक १९, २०८३ बिहिबार November 5, 2026

नुवाकोट-२ मा निर्वाचन विवाद चर्कियो, मतगणना रोक्न केन्द्रको निर्देशन

मतपत्रको हस्ताक्षरमा विवाद, नुवाकोट–२ को मतगणना स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनमा मतपत्रको हस्ताक्षरलाई लिएर विवाद भएपछि नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले मतगणना स्थगित गर्न निर्देशन दिएको छ।

अर्जुननरसिंह केसी पक्षबाट मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर फरक–फरक रहेको तथा मतपेटिकामा सिल टुटेको भन्दै उजुरी परेपछि केन्द्रीय निर्वाचन समितिले छानबिन नभएसम्म मतगणना रोक्न निर्देशन दिएको हो।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कडुवालद्वारा जिल्ला निर्वाचन अधिकृत रत्नसुन्दर खड्गीलाई पठाइएको पत्रमा उजुरीका सम्बन्धमा छानबिन गर्नुपर्ने देखिएकाले निर्णय नभएसम्म मतगणना यथास्थितिमा राख्न भनिएको छ।

पत्रमा बाँकी मतपत्र र मतपेटिकालाई शीलबन्दी गरी सुरक्षित साथ राख्न समेत निर्देशन दिइएको छ।

यससँगै नुवाकोट क्षेत्र नं. २ को क्षेत्रीय अधिवेशनको मतगणना थप अन्योलमा परेको छ। केसी पक्षले उठाएको हस्ताक्षरसम्बन्धी प्रश्न र बहादुरसिंह लामा पक्षबाट भएको भनिएको प्रक्रियागत अनियमितताको दाबीबारे अब केन्द्रीय निर्वाचन समितिको छानबिनपछि मात्र थप प्रक्रिया अघि बढ्ने देखिएको छ।

केन्द्रकाे याे निर्णयले नुवाकोट २ बाट अर्जुननरसिंह केसी र बहादुर सिंह लामा दुवै शीर्ष नेतृत्वले महाधिवेशनमा भाग लिन नपाउने भएका छन् ।

May be an image of text

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
२०८३ कार्तिक १९, बिहिबार
सात प्रदेशका जलन उपचार सेवा थप प्रभावकारी बनाउन जनशक्ति उत्पादन
२०८३ कार्तिक १९, बिहिबार
चिनियाँ पूर्वपोलिटब्युरो सदस्य माविरुद्ध घुसको अभियोग
२०८३ कार्तिक १९, बिहिबार
‘आईजीपी हटाउनु सुशासन होइन, शक्ति प्रदर्शन हो’ : आङ्देम्बे
२०८३ कार्तिक १९, बिहिबार
इजरायलमा आफ्नो नेतृत्वमा सरकार बन्ने आइजनकोटको दाबी
२०८३ कार्तिक १९, बिहिबार
जलवायु परिवर्तनको असर न्यूनीकरणमा संस्थागत सहकार्य आवश्यकः मन्त्री पौडेल
२०८३ कार्तिक १९, बिहिबार
एनपिएलमा नेपाली खेलाडीको प्रभावशाली प्रदर्शन, ब्याटिङ र बलिङ दुवैतर्फ अब्बल
२०८३ कार्तिक १९, बिहिबार