असोज १९, २०८३ सोमबार October 5, 2026

क्लब चार्टर र नेट मेम्बर ग्रोथमा लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल विश्वमै पहिलो

३९ नयाँ क्लब र ६९९ नेट मेम्बर ग्रोथ, लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल विश्वमै पहिलो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालले नयाँ क्लब स्थापना (क्लब चार्टर) र सदस्यता वृद्धिमा उल्लेखनीय उपलब्धि हासिल गर्दै विश्वमै पहिलो स्थान प्राप्त गरेको जनाएको छ।

लायन्स इन्टरनेसनलको पहिलो त्रैमासिक अवधिको उपलब्धिअनुसार डिस्ट्रिक्ट ३२५ के नेपालले ३९ वटा नयाँ लायन्स क्लब चार्टर गर्नुका साथै ६९९ जनाको नेट मेम्बर ग्रोथ हासिल गरेको हो। दुवै सूचकमा प्राप्त यो उपलब्धि उक्त अवधिमा विश्वकै उच्च रहेको जनाइएको छ।

डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीको नेतृत्वमा हासिल भएको यो उपलब्धिले डिस्ट्रिक्ट ३२५ के नेपालको संगठन विस्तार, सदस्यता वृद्धि र सेवामूलक अभियानलाई थप मजबुत बनाएको देखाएको छ।

लायन्स वर्ष २०२६/२७ को सुरुवाती त्रैमासिकमै ३९ नयाँ क्लब स्थापना गर्न सफल हुनुका साथै ६९९ सदस्यको शुद्ध वृद्धि हुनु डिस्ट्रिक्टको संगठन विस्तारमा महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। यसले नयाँ क्लब स्थापनासँगै नयाँ सदस्यलाई लायन्स अभियानमा जोड्ने कार्यलाई समेत प्राथमिकताका साथ अघि बढाइएको देखाएको छ।

डिस्ट्रिक्टले यस उपलब्धिलाई सशक्त नेतृत्व, सामूहिक प्रयास, समर्पण र लायन्स इन्टरनेसनलको ‘Mission 1.5’ प्रति निरन्तर प्रतिबद्धताको परिणामका रूपमा प्रस्तुत गरेको छ।

‘Rooted in Service, Leading With Purpose’ भन्ने मूल भावनाका साथ अघि बढिरहेको डिस्ट्रिक्ट ३२५ के नेपालले सेवा, नेतृत्व विकास र सदस्यता विस्तारलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।

डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारी र डिस्ट्रिक्ट ३२५ के नेपालको सम्पूर्ण परिवारलाई उक्त उपलब्धिका लागि बधाई तथा शुभकामना व्यक्त गरिएको छ। पहिलो त्रैमासिकमै विश्वस्तरमा यस्तो उपलब्धि हासिल हुनुले आगामी दिनमा थप क्लब स्थापना, सदस्यता विस्तार तथा मानवीय सेवाका क्षेत्रमा काम गर्न उत्साह थपेको डिस्ट्रिक्टले जनाएको छ।

लायन्स इन्टरनेसनलको ‘We Serve’ अर्थात् ‘हामी सेवा गर्छौं’ भन्ने मूल उद्देश्यअनुरूप डिस्ट्रिक्ट ३२५ के नेपालले आगामी दिनमा पनि सेवा र संगठन विस्तारका गतिविधिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने
२०८३ असोज १९, सोमबार
हिउँ छिचोल्दै एक हजार भेडाच्याङ्ग्रा मुस्ताङ आइपुगे
२०८३ असोज १९, सोमबार
आजको मौसम : तराईमा आंशिक बादल, पहाड र हिमालमा वर्षा तथा हिमपातको सम्भावना
२०८३ असोज १९, सोमबार
पढाइसँगै सीप, अनुसन्धान र नवप्रवर्तनमा जोड दिनुपर्छः मन्त्री महावीर पुन
२०८३ असोज १९, सोमबार
राष्ट्र बैंकद्धारा आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ असोज १९, सोमबार
आज सोमबार, कस्तो रहला तपाँईको दिन ? हेर्नुहोस् राशिफल
२०८३ असोज १९, सोमबार
भोटेकोशी बाढीः रसुवाका ४५ विद्यार्थी अझै सम्पर्कविहीन
२०८३ असोज १९, सोमबार