बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

ब्रुनाईका राजकुमार अजिमको ३८ वर्षकाे उमेरमा निधन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ब्रुनाईका राजकुमार हाजी अब्दुल अजिमको शनिबार निधन भएको छ । उहाँ ३८ वर्षका हुनुहुनथ्यो । सन् १९८२ जुलाई २९ मा राजधानी बन्दर सेरी बेगावानमा जन्मिनुभएका अजिम ब्रुनाईका सुल्तान हाजी हसनल बोल्किआका दोस्रो पुत्र हुनुहुन्थ्यो ।

सुल्तानको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार राजकुमार अजिमको निधनप्रति शोक मनाउँदै ब्रुनेईमा सात दिनसम्म आधा झण्डा झुकाइने र कुनै पनि औपचारिक कार्यक्रम नगर्ने बताइएको छ ।

शनिबार साँझसम्म राजकुमार अजिमको मृत्युको कारणबारे दरबारद्वारा कुनै सूचना सार्वजनिक नभए पनि उनी लामो समयदेखि बिरामी रहेको बताइएको छ । राजकुमार अजिमले इन्टरनेसनल स्कुल ब्रुनाई र्‍याफल्स इन्स्टिच्युसन तथा अक्सफोर्ड ब्रुक्स विश्वविद्यालयबाट शिक्षा प्राप्त गर्नुभएको थियो । रासस/ सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया