बैसाख १८, २०८३ शुक्रबार May 1, 2026

ईरानले आफ्नो उत्तरी सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अजरबैजान र अर्मेनियाबीच विवाद बढ्दै जाँदा इरानले आफनो उत्तरी सीमा क्षेत्रको सुरक्षा व्यवस्था बढाएको छ।

नागोरनो काराबख क्षेत्रको स्वामित्वलाई लिएर अजरबैजान र अर्मेनियाका सेना आमनेसामने छन्। दुवै देशले नागोरनो काराबख क्षेत्र आफ्नो भएको दाबी गरिरहेको छ।

दाबीसँगै दुवै देशबीच विवादित क्षेत्र सहित शहरी क्षेत्रमा समेत हवाइ आक्रमण भएको छ। त्यसक्रममा इरानी क्षेत्रमा समेत १०० भन्दा बढी मोर्टार खसेको बताइएको छ। जसबाट त्यहाँ रहेका घरहरुमा सामान्य क्षति पुगेको छ। इरानले आफ्नो क्षेत्रमा मोर्टार खसेपछि दुवै देशलाई त्यसो नगर्न चेतावनी दिइसकेको छ।

विवादित क्षेत्र अन्तर्राष्ट्रिय स्तरमा अजरबैजानको भूमि भनेर चिनिन्छ। तर सो भूमि आदिवासी अर्मेनियनहरुको नियन्त्रणमा रहेको छ। सो क्षेत्रलाई लिएर करिब तीन दशकदेखि दुवै देशबीच विवाद हुँदै आएको थियो। अजरबैजानले अर्मेनियाले आफ्नो भूमिमाथि अतिक्रमण गर्ने प्रयास जारी रहे रक्तपात बढ्ने चेतावनी दिइसकेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया